मुख्य समाचार
कोरियाले रुट इन्ड्रस्टीको वेल्डिङ क्षेत्रमा कामदार लैजानका लागि भोलिदेखि आवेदन खुलाउने
कोरियाले रुट इन्ड्रस्टीको वेल्डिङ क्षेत्रमा कामदार लैजानका लागि भोलिदेखि आवेदन खुलाउने

: कोरियाले रुट इन्ड्रस्टीको वेल्डिङ क्षेत्रमा कामदार लैजानका लागि भोलिदेखि आवेदन खुलाउने भएको छ। आवेदन यही चैत ८ गतेसम्म दिन सकिने छ।


इपीएस कोरिया शाखाका अनुसार आवेदन दिएकाहरूले रुपन्देहीको बुटवलस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा १२० घण्टा वेल्डिङ र १२० घण्टा कोरियन भाषा गरी जम्मा २४० घण्टाको तालिम लिनुपर्ने छ।


१२० घण्टाको कोरियन भाषा मध्ये ७५ घण्टा अनिवार्य भाषा कक्षामा सहभागी भई भाषा परीक्षा दिने र बाँकी ४५ घण्टा पूर्व अभिमुखीकरण तालिमको समयमा हुने शाखाले जनाएको छ।



शिक्षालयमा सञ्चालन हुने तालिमको लागि लाग्ने शुल्क व्यक्ति स्वयंले व्यहोर्नुपर्नेछ। सोको लागत आवासीय सेवा नलिएमा न्यूनतम ५५ हजार ५०० र आवासीय सेवा लिएमा न्यूनतम ८८ हजार रुपैयाँ लाग्नेछ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले कोरियन भाषा परीक्षामा सहभागी हुनु पर्ने छ। तालिममा न्यूनतम ८० प्रतिशत उपस्थित भएको, सो तालिमका बेलामा लिएका अभ्यास परीक्षामा औसत ६० प्रतिशतभन्दा बढी अंक हासिल गरेको र कोरियन भाषा परीक्षामा उच्चतम अंक प्राप्त गरेको व्यक्ति मध्येमा उत्कृष्ट ५० जना योग्य सूचीमा समावेश हुने छन्।

परीक्षामा सहभागी हुन कक्षा १२ उत्तीर्ण भएको, १८ वर्ष पूरा भई ३९ वर्ष नकटेको, अरू देशमा जानका लागि बन्देज नलागेको लगायतका योग्यता तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ । ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो । लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास ...
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...