मुख्य समाचार
प्रधान सेनापति अशोकराज सिग्देल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलबीच भेटवार्ता
प्रधान सेनापति अशोकराज सिग्देल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलबीच भेटवार्ता

: प्रधान सेनापति अशोकराज सिग्देल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलबीच भेटवार्ता भएको छ। सैनिक मुख्यालय जङ्गीअड्डामा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ।


स्रोतका अनुसार भेटमा सैनिक सहायता ,सैन्य तालिमलगायत विषयमा छलफल भएको हो। भोवेलले परिवर्तित राजनीतिक परिस्थिति र भू-राजनीतिक अवस्थाका बारेमा चासो राखेको उच्च सैनिक स्रोतले जनाएको छ।


उनीहरूबीच अमेरिकाले नेपाली सेनालाई दिँदै आएको सैन्य सहायता र तालिमको निरन्तरताका बारेमा छलफल भएको छ। जनरल भोवेल आइतबार बिहान ड्रुक एयरको जहाजमार्फत् चार सदस्यीय टोलीको नेतृत्व गर्दै भुटानबाट काठमाडौं आएका थिए।



नेपाली सेनाले भोवेलको नेपाल भ्रमणलाई नियमित भनेको छ। बिहीबार नयाँ दिल्लीमा भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका उनी भुटान गएका थिए।

भोवेल फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनपछि नेपाल आउने सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् । यसअघि पनि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुयल जे. पापारो नेपाल आएका थिए।

भोवेलको टोली भोलि थाइल्याण्डतर्फ जाने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...
— नेपाल प्रहरीले १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डीको रकमसहित नागार्जुन नगरपालिका–८ भीमढुंगाका २८ वर्षीय सागर गिरी र त्यहीँका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको ...