मुख्य समाचार
जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट अवकाश लिने घोषणा
जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट अवकाश लिने घोषणा

— जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट अवकाश लिने घोषणा गरेका छन् ।

'यसपालिको निर्वाचनमा जिते पनि हारे पनि संसदीय राजनीतिबाट अवकाश लिन्छु भन्ने सोचेको थिएँ । यसको अर्थ पार्टीलाई अलपत्र पार्छु भन्ने होइन । आगामी निर्वाचनहरुमा पार्टीबाट तयारी गरे पनि म भने संसदीय चुनाव लड्दिनँ,' प्राइम टीभीको कार्यक्रम 'जनता जान्न चाहन्छन्' सँगको अन्तर्वार्तामा उनले भनेका छन् ।

संसद्मा आफ्नो ठूलो उपयोगिता नरहेको पनि उनको भनाइ छ । अब संसदीय राजनीतिमा भाग नलिने र कुनै निर्वाचनमा प्रतिपर्धा नहुने उनले खुलासा गरे ।

२०७९ को निर्वाचनमा पनि आफूमा उम्मेदवार बन्ने चाहना नरहेको उनको भनाइ छ । 'साथीहरुले भक्तपुरमा बसेर समानुपातिक सूची बनाइरहेका थिए । मलाई समानुपातिक वा प्रत्यक्षमा पनि उम्मेदवार नबनाउनु भनेको थिएँ,' उनले सुनाए, 'उहाँहरुले तपाईंले चुनाव नलडे मनोबल गिर्छ, एउटा पनि सिट जितिएन भने के गर्ने भनेर कन्भिन्स गराए । यसरी नचाहँदा नचाहँदै लडेँ ।'

अहिलेको परिणामले आफू दु:खी नभएको उनको जिकिर छ । 'यसपालि पनि म निर्वाचन नलड्ने सोचमा नै थिएँ । पराजित हुन्छु भन्ने धेरै हदसम्म थाहा थियो,' उनले भने, 'चुनाव नलडेको भए मधेशवादी दल सबै पराजित भएको दोष मलाई पनि आउँथ्यो । तर लडेर ठिकै गरेछु भन्ने लागेको छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार भएका एकजना कैदी पक्राउ परेका छन्। जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरिरहेका धादिङको गजुरी गाउँपालिका–१ का २२ वर्षीय जगतबहादुर बुढाथोकी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनलाई शुक्रबार धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीबाट पक्राउ गरिएको हो। पक्राउ परेका बुढाथोकीलाई बाँकी कैद ...
— नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको र यसबाट प्रत्यक्ष असर यतायात व्यवसायमा पर्ने बताएका छन् । महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम ...
— सुर्खेतकी इनिसा विकमाथि भएको बलात्कार र हत्याको घटनाप्रति आफुहरुको पनि ध्यानाकर्षण भएको जनाउँदै ताप्लेजुङमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीले सोमबार फुङलिङमा प्रदर्शन गर्दै खबरदारी गरेका हुन् । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजमले पीडितको न्यायका लागि खबरदारी गर्न संगठित भएर उठ्नुपर्ने आवश्यकता रहेको बताइन् । क्याम्पस सञ्चालक ...
: खाना पकाउने ग्यास अभाव भएपछि नुवाकोटमा अनुगमन गरिएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला बजार अनुगमन समितिले बजारमा रहेका ग्यास डिपो,विक्रेता तथा पसलमा छड्के अनुगमन गरेको हो । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको संयुक्त टोलीले नुवाकोटका विभिन्न बजारमा रहेका ग्यास डिपो तथा पसलको अनुगमन गरेको हो ...
: बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण कार्य भइरहेको छ। डिभिजन सडक कार्यालय भक्तपुरले क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको जानकारी दिएको छ। राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। ...