मुख्य समाचार
नागरिक उत्तरदायित्वका आगामी पाँच वर्ष
नागरिक उत्तरदायित्वका आगामी पाँच वर्ष

आम नेपाली मतदाताले भर्खरै सम्पन्न निर्वाचनलाई उत्सवका रूपमा मनाए । सभाहरू भए, बहसहरू भए, नाराहरू पनि गुन्जिए । सञ्चारमाध्यमले उम्मेदवार र मतदातालाई पर्याप्त स्थान दिए । सामाजिक सञ्जालमा समर्थन र आलोचनाका लहर देखिए ।

सामाजिक सञ्जालमा मिथ्या सूचना टाउको दुखाइको विषय त बन्यो तर सामाजिक सञ्जालमा रचनात्मक सामग्रीको पनि कमी थिएन । मतदानपश्चात्को प्रतीक्षा छ– अब कसको एजेन्डा स्थापित होला ?

निर्वाचन परिणामले विकास गर्ने राजनीतक गठजोडबारे चासो धेरैमा होला तर आममतदाताको चासो छ– अब आफ्नो मत लगानीको प्रतिफल लिनेतर्फ हुनुपर्छ । त्यसैले मतदानले मात्रै लोकतन्त्रको भूमिका समाप्त हुँदैन । बरु, यहींबाट नागरिक उत्तरदायित्वको यात्रा सुरु हुन्छ । अब राजनीति गर्नेले मात्रै होइन, मतदान गर्नेले पनि फरक भूमिका निभाउनुपर्छ । झन्डै १९ अर्ब सरकारी खर्चमा सम्पन्न यस निर्वाचनको हिसाब पक्कै अबको दिनमा उचित प्रश्न र खबरदारीले नै गर्नेछ ।

मतदान केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, आफ्ना प्रतिनिधिलाई खबरदारी र सहयोग गर्ने अभियानको सुरुवात हो । मत लगानी गरेपश्चात् त्यस लगानीको राम्रो प्रतिफल लिन सबै पक्षको भूमिका हुन्छ । शासन गर्नेलाई जवाफदेही बनाइराख्ने जिम्मेवारी पाँच वर्षका लागि मतपेटिकामा बन्द हुँदैन, यो दायित्व मतदातालाई हस्तान्तरण गरिन्छ । लोकतन्त्रमा मतदाताको शक्ति चुनावी दिनमा मात्रै होइन, चुनावपछि झन् बढी प्रकट हुनुपर्छ ।

ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
लोकतन्त्रमाथिको विश्वास केवल संस्थागत संरचनाबाट निर्माण हुँदैन, नागरिकको व्यवहारबाट पनि निर्माण हुन्छ । आफूले समर्थन गरेको उम्मेदवार पराजित भए पनि प्रणालीप्रति विश्वास कायम राख्नु, विजयी पक्षले पनि विनम्रता र समावेशी भाव देखाउनुले लोकतान्त्रिक संस्कारलाई बलियो बनाउँछ । मतदान एक प्रक्रिया मात्रै होइन, मतदाताको लगानी हो । त्यसको प्रतिफलमा मतदाताको चासो हुनुपर्छ ।

परिणामपछि मतदाताको भूमिका

लोकतन्त्रमा मतदाताको भूमिका मतदान केन्द्रसम्म पुगेर समाप्त हुँदैन, खासमा त्यहाँबाट सुरु हुन्छ । मत केवल अधिकारको प्रयोग होइन, चेतनाको घोषणा पनि हो । त्यसैले परिणामपछि मतदाताले आफ्नो निर्णयप्रति पनि आत्ममूल्यांकन गर्नुपर्छ । जस्तो ः हामीले नीति हेरेर मत दियौं कि भावना र प्रभावमा परेर ?

सरकारलाई मात्रै प्रश्न गर्नु नागरिक जिम्मेवारी होइन, सार्वजनिक बहसमाथि बढावा दिनु अनि स्तर बढाउनु पनि हो । जब मतदाता निर्वाचनपश्चात् पनि सचेत, संयमित र निरन्तर संलग्न रहन्छन्, तब शासन प्रक्रिया पनि परिपक्व भएर विकसित हुन्छ । लोकतन्त्र अन्ततः संस्थाहरूले मात्रै होइन, नागरिकको निरन्तर चासो, स्मरण शक्ति र नैतिक दृढताले टिकाइराख्ने व्यवस्था हो । नत्र मतदाताको भूमिका चुनावमा एउटाको जित अनि अर्कोको हार गराउनै सीमित हुन्छ ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
तसर्थ, लोकतन्त्रको वास्तविक परीक्षा मतदानको दिन होइन, मतदानपछि नागरिक कति जागरुक हुन्छन् र निरन्तर सक्रिय रहन्छन् भन्नेमा हुन्छ । त्यसैले मतदाताले चुनावमा गरिएका वाचा केवल भाषणका लागि होइनन् भनेर बुझ्नु जरुरी छ । घोषणापत्र, सार्वजनिक प्रतिबद्धता, टेलिभिजन बहसका आश्वासनहरू सामाजिक करार हुन् । यदि नागरिकले ती प्रतिबद्धता स्मरण नगर्ने हो भने राजनीति नारामै सीमित हुन्छ । र, अर्को चुनावमा यो चक्र दोहोरिन्छ ।

विश्वका धेरै प्रजातान्त्रिक देशमा चुनावपछि नागरिक समूह, अनुसन्धान संस्था र मिडियाले ‘प्रतिबद्धता ट्र्याकिङ’ गर्छन् । नेपालमा यस चुनावपश्चात् यस्तो अभियान चलाउनु जरुरी छ । चुनावको मुखमा मूल्यांकनभन्दा पनि निर्वाचित भएपश्चात् अनुगमन आवश्यक छ । प्रतिनिधि निर्वाचित भएपछि उनीहरू नागरिकप्रति उत्तरदायी रहनुपर्छ ।

चुनावपछिको आवश्यकता : सचेत निगरानी

लोकतन्त्रमा सबैभन्दा ठूलो जोखिम हो– मतदानपछिको नागरिक मौनता । हुन त मतदान आफैंमा ठूलो योगदान हो– लोकतन्त्र बलियो बनाउन । तर, यसलाई एकदिने उत्सवमै सीमित गर्नु हुँदैन । यदि पाँच वर्ष नागरिक चुप बस्छन् र अन्तिम वर्षमा मात्रै असन्तोष व्यक्त गर्छन् भने त्यो प्रतिक्रियात्मक राजनीति हुन्छ, रचनात्मक राजनीति होइन । मतदानपश्चात् मतदाताले अर्को चुनावको तयारी मात्रै गर्नुर् हुँदैन । तर, मतदाताको भूमिका केवल मतदानमै सीमित भए त्यो लोकतन्त्र बलियो बनाउन पर्याप्त हुँदैन ।

ads/1440x233px-dew-aston-0432026041034.png
सचेत मतदाताका रूपमा मतदाताले गर्न सक्ने केही महत्त्वपूर्ण काम छन् । यदि मतदाताले निरन्तर प्रश्न गर्ने संस्कार विकास गरे राजनीति पनि थप गम्भीर, जिम्मेवार र उत्तरदायी बन्छ । निर्वाचनपछि पनि नागरिकहरूले निर्वाचित प्रतिनिधिको कामको अनुगमन गर्नुपर्छ, उनीहरूले गरेका प्रतिबद्धताहरू कति पूरा भए/भएनन् ? त्यसको गम्भीर मूल्यांकन

गर्नुपर्छ । र, आवश्यक परे रचनात्मक आलोचना तथा सुझाव पनि दिनुपर्छ । साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिने गलत सूचनाको सत्यता जाँचेर मात्रै धारणा बनाउने बानी विकास गर्नुपर्छ । यदि मतदाताले निरन्तर प्रश्न गर्ने संस्कार विकास गरे भने राजनीति पनि थप गम्भीर, जिम्मेवार र उत्तरदायी बन्छ अनि लोकतन्त्र बलियो हुनेछ ।

लोकतन्त्रमा मतदातासँगै विभिन्न सरोकारवालाहरूको पनि सतर्क भूमिका हुनुपर्छ । नागरिक समाज संस्थाहरू, अनुसन्धान समूह, स्थानीय मञ्च र मिडियाले चुनावी बहसलाई निरन्तर नीति बहसमा रूपान्तरण गर्नुपर्छ । चुनावअघि मतदाताको जति सक्रियता थियो, चुनावपछि पनि त्यति नै सक्रियता आवश्यक छ । नत्र लोकतन्त्र केवल प्रतिस्पर्धामा सीमित हुनेछ, सुधारमा होइन ।

साथै, सरोकारवालाको भूमिका आलोचनामै सीमित हुनु हुँदैन, उनीहरूले तथ्यमा आधारित मूल्यांकन, सार्वजनिक प्रतिवेदन र नियमित संवादमार्फत निर्वाचित प्रतिनिधिलाई रचनात्मक दबाब दिनुपर्छ । घोषणापत्रका प्रतिबद्धताको अनुगमन, कार्यान्वयनको समीक्षा र सार्वजनिक सेवाको गुणस्तरबारे तथ्यसहित प्रश्न उठाउने संस्कार विकास भए राजनीतिक प्रतिस्पर्धा नीतिगत प्रतिस्पर्धामा रूपान्तरण हुन सक्छ । यसरी हेर्दा नागरिक समाज र मिडिया केवल दर्शक होइनन्, लोकतन्त्रका निरन्तर संरक्षक हुन् भनेर बुझ्न आवश्यक छ ।

ads/hardik-niskula-iui1440233-1332026032859.jpg
स्मरण रहोस्, सरकार जसको बने पनि हरेक सांसदले आफ्नो–आफ्नो वाचापत्र सार्वजनिक गरेका छन् । तपाईंको सांसद सत्ता पक्ष होस् वा प्रतिपक्षी, सांसदका रूपमा उसको भूमिकाको लेखाजोखा हुनैपर्छ । आफ्नो क्षेत्रको सांसदलाई प्रश्न, खबरदारी र धन्यवाद लिने पात्र बनाउन सबैले भूमिका खेल्नुपर्छ ।

उदाहरणका लागि– विश्वविद्यालय, अनुसन्धान संस्था र युवा समूहहरूले तथ्यमा आधारित ‘नागरिक प्रतिवेदन’ तयार पार्न थाले भने राजनीतिक प्रतिबद्धता कागजमा मात्रै सीमित हुँदैन । अनुगमनलाई दण्डका रूपमा होइन, लोकतान्त्रिक सहकार्यका रूपमा बुझ्ने संस्कार विकसित भयो भने परिणामपछि पनि लोकतन्त्र जीवित, सक्रिय र जवाफदेही रहन्छ । नत्र भने आवधिक निर्वाचनले मात्रै लोकतन्त्रलाई बलियो बनाउन सक्दैन । यो केवल सरकार गठन गर्ने माध्यममा सीमित हुन जान्छ ।

अबको बाटो

निर्वाचान परिणामपश्चात् सरकार कसले बनायो वा बनाउँछ भन्ने मात्रै प्रश्न होइन, लोकतन्त्र कसले जोगायो भन्ने पनि महत्त्वपूर्ण प्रश्न हो । लोकतन्त्र जोगाउन प्रतिनिधिको जति भूमिका हुन्छ, सचेत नागरिकको त्योभन्दा धेरै भूमिका हुन्छ । चुनावले प्रतिनिधि चयन गर्छ तर लोकतन्त्रलाई जीवन्त बनाइराख्ने काम नागरिक र सम्बन्धित सरोकारवालाको निरन्तर सहभागिताले गर्छ । यदि मतदाताले आफ्नो मतलाई सम्झौता जस्तै सम्झेर त्यसको लेखाजोखा माग्छन् अनि यदि नागरिक समाजले तथ्यमा आधारित निगरानी गर्न थाल्छ भने लोकतन्त्र आफैं बलियो हुन्छ ।

ads/laxmi-sunrise-6811-08220261134141-0432026041702.jpg
सरकार बन्नु एक प्रक्रिया हो, जसमा चुनिएर गएका सांसदको अंकगणितले भर पर्छ । तर, ती जनप्रतिनिधिलाई प्रश्न गरेर उत्तरदायित्व सुनिश्चित गर्नु आजको समयमा ठूलो लोकतान्त्रिक संस्कार हो । त्यसैले आगामी पाँच वर्ष सरकारको मात्रै परीक्षा होइन, हाम्रो नागरिक चेतनाको पनि परीक्षा हो । मतदान अन्तिम गन्तव्य होइन, यो उत्तरदायित्वको सुरुवात हो ।

मत परिणामका आधारमा दलहरूले सरकार बनाउँछन् । तर, आगामी पाँच वर्ष नागरिकको सहभागिताले लोकतन्त्र बनाउँछ । मतदान अन्तिम गन्तव्य होइन, उत्तरदायित्वको सुरुवात हो । परिवर्तन जनप्रतिनिधिको कार्यशैली मात्रै होइन, हाम्रो प्रश्नशैली पनि हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार भएका एकजना कैदी पक्राउ परेका छन्। जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरिरहेका धादिङको गजुरी गाउँपालिका–१ का २२ वर्षीय जगतबहादुर बुढाथोकी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनलाई शुक्रबार धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीबाट पक्राउ गरिएको हो। पक्राउ परेका बुढाथोकीलाई बाँकी कैद ...
— नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको र यसबाट प्रत्यक्ष असर यतायात व्यवसायमा पर्ने बताएका छन् । महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम ...
— सुर्खेतकी इनिसा विकमाथि भएको बलात्कार र हत्याको घटनाप्रति आफुहरुको पनि ध्यानाकर्षण भएको जनाउँदै ताप्लेजुङमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीले सोमबार फुङलिङमा प्रदर्शन गर्दै खबरदारी गरेका हुन् । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजमले पीडितको न्यायका लागि खबरदारी गर्न संगठित भएर उठ्नुपर्ने आवश्यकता रहेको बताइन् । क्याम्पस सञ्चालक ...
: खाना पकाउने ग्यास अभाव भएपछि नुवाकोटमा अनुगमन गरिएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला बजार अनुगमन समितिले बजारमा रहेका ग्यास डिपो,विक्रेता तथा पसलमा छड्के अनुगमन गरेको हो । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको संयुक्त टोलीले नुवाकोटका विभिन्न बजारमा रहेका ग्यास डिपो तथा पसलको अनुगमन गरेको हो ...
: बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण कार्य भइरहेको छ। डिभिजन सडक कार्यालय भक्तपुरले क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको जानकारी दिएको छ। राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। ...