मुख्य समाचार
विशेष अदालत काठमाडौंले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई धरौटीमा छोड्न आदेश
विशेष अदालत काठमाडौंले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई धरौटीमा छोड्न आदेश

: विशेष अदालत काठमाडौंले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई धरौटीमा छोड्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले चालिसेलाई धरौटीमा छोड्न आदेश दिएको हो।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २८ गते चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो। आयोगले सोही रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजायको माग गरेको थियो। चालिसे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर समेत हुन्।


चालिसे २०७४ जेठ ८ गते मेयर पदमा निर्वाचित भएका थिए। सार्वजनिक पदमा प्रवेश गरेदेखि २०७९ असार ३२ गतेसम्मको जाँच अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्ति आय भन्दा व्यय बढी देखिएको अख्तियारको ठहर छ।



सोही अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्तिमध्ये ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोप छ।

अख्तियारले चालिसेको पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमीला पोखरेललाई प्रतिवादी बनाएको छ। उनीहरूको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न समेत माग गरेको आरोप पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रहरीले १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डीको रकमसहित नागार्जुन नगरपालिका–८ भीमढुंगाका २८ वर्षीय सागर गिरी र त्यहीँका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको ...
— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं विश्व सम्मेलन तथा एकताको महाधिवेशनले नेपालको समृद्धि, लगानी प्रवर्द्धन, प्रवासी नेपालीको अधिकार संरक्षण र दोस्रो पुस्तालाई नेपालसँग जोड्ने लक्ष्यसहित १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताको भावनासहित नेपालको विकास र विश्वव्यापी नेपाली समुदायको हितलाई केन्द्रमा राख्दै सम्मेलनले विभिन्न नीतिगत सुधार, लगानी प्रवर्द्धन ...
: जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार भएका एकजना कैदी पक्राउ परेका छन्। जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरिरहेका धादिङको गजुरी गाउँपालिका–१ का २२ वर्षीय जगतबहादुर बुढाथोकी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनलाई शुक्रबार धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीबाट पक्राउ गरिएको हो। पक्राउ परेका बुढाथोकीलाई बाँकी कैद ...
— नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको र यसबाट प्रत्यक्ष असर यतायात व्यवसायमा पर्ने बताएका छन् । महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम ...
— सुर्खेतकी इनिसा विकमाथि भएको बलात्कार र हत्याको घटनाप्रति आफुहरुको पनि ध्यानाकर्षण भएको जनाउँदै ताप्लेजुङमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीले सोमबार फुङलिङमा प्रदर्शन गर्दै खबरदारी गरेका हुन् । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजमले पीडितको न्यायका लागि खबरदारी गर्न संगठित भएर उठ्नुपर्ने आवश्यकता रहेको बताइन् । क्याम्पस सञ्चालक ...