मुख्य समाचार
दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक डुबेर बेपत्ता
दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक डुबेर बेपत्ता

: दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक डुबेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार व्यास गाउँपालिका–६ का अन्दाजी १५ वर्षीय धीरज धामी महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन्।


धामी महाकाली नगरपालिका–५ बसपार्क क्षेत्र नजिक महाकाली नदीमा साथीहरूसँग पौडी खेल्न गएका थिए। उनी महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।


सोमबार दिउँसो करिब १ बजेतिर साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा धामी बेपत्ता भएका हुन्। उनीसँगै गएका दुईजना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ।



साथीहरूले प्रहरीलाई दिएको जानकारी अनुसार धामीलाई राम्रोसँग पौडी खेल्न आउँदैनथ्यो। पहिलो प्रयासमै साथीहरूको सहयोगमा जसोतसो पौडी खेलेर नदी पार गर्दै भारततर्फ पुगेका उनी नेपालतर्फ फर्किने क्रममा नदीको बीच भागमा डुबेको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ।

बेपत्ता धामीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाहरू मिलेर खोजी कार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार भएका एकजना कैदी पक्राउ परेका छन्। जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरिरहेका धादिङको गजुरी गाउँपालिका–१ का २२ वर्षीय जगतबहादुर बुढाथोकी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनलाई शुक्रबार धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीबाट पक्राउ गरिएको हो। पक्राउ परेका बुढाथोकीलाई बाँकी कैद ...
— नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको र यसबाट प्रत्यक्ष असर यतायात व्यवसायमा पर्ने बताएका छन् । महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम ...
— सुर्खेतकी इनिसा विकमाथि भएको बलात्कार र हत्याको घटनाप्रति आफुहरुको पनि ध्यानाकर्षण भएको जनाउँदै ताप्लेजुङमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीले सोमबार फुङलिङमा प्रदर्शन गर्दै खबरदारी गरेका हुन् । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजमले पीडितको न्यायका लागि खबरदारी गर्न संगठित भएर उठ्नुपर्ने आवश्यकता रहेको बताइन् । क्याम्पस सञ्चालक ...
: खाना पकाउने ग्यास अभाव भएपछि नुवाकोटमा अनुगमन गरिएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला बजार अनुगमन समितिले बजारमा रहेका ग्यास डिपो,विक्रेता तथा पसलमा छड्के अनुगमन गरेको हो । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको संयुक्त टोलीले नुवाकोटका विभिन्न बजारमा रहेका ग्यास डिपो तथा पसलको अनुगमन गरेको हो ...
: बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण कार्य भइरहेको छ। डिभिजन सडक कार्यालय भक्तपुरले क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको जानकारी दिएको छ। राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। ...