मुख्य समाचार
भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

: मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६:२० बजेतिर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको हो।


प्रहरीका अनुसार बुधनगरबाट जहदातर्फ जाँदै गरेको बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा मोटरसाइकल चालक भारत बिहारका ३५ वर्षीय श्रवण राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए।


उनका अनुसार मोटरसाइकल कल्भर्टबाट करिब २ मिटर तल खसेको थियो। दुर्घटनामा परेर घटनास्थलमै ज्यान गुमाएका राजवंशीको शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा पठाइएको छ। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी डीएसपी लामिछानेले दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ७ जना भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानवीन गर्न समिति गठन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख एसपी दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए। समितिले १४ जना भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना ...
— नेपाल आयल निगमले अहिलेसम्म ग्यास आयातमा कुनै समस्या नभएको दाबी गरे तापनि देशका विभिन्न स्थानमा उपभोक्ताले ग्यास नपाएको बताएका छन् । सर्वसाधारण खाली सिलिन्डर लिएर लाइनमा बसेको छ्यापछ्याप्ती देखिन्छ । ग्यास अभावका कारण राजधानी काठमाडौंका साथै धेरै स्थानका नागरिक तथा साना व्यवसाय गरेर दैनिकी चलाउनेहरू मर्कामा परेका छन् । काठमाडौंको टोखा–२ घर भएकी सविना डंगोलले जति खोज्दा ...
: नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदहरू नामावली निर्वाचन आयोगमा पेश गरेको छ। आयोगका अनुसार कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो। सूची हेर्नुस्: खस आर्यबाट १.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती, ४. सीता थपलिया ५. गंगा शाही ६. अर्जुननरसिंह केसी आदिवासी जनजातिबाट ७.गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११. सुनिताकुमारी सुवेदी १२. भीष्मराज आङ्देम्बे मधेशीबाट १३. निनुकुमारी कर्ण १४. ...
: अर्घाखाँचीमा वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२ को औपचारिक शुभारम्भ गरिएको छ। वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए। सप्ताहको अवसरमा वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति ...
— राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका लागि ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगले रास्वपाले बुझाएका नामहरूमाथि छानबिन गरिरहेको छ । ती नामहरूमा निर्वाचन कानुनअनुसार सिफारिस भए-नभएको सम्बन्धमा आयोगले अध्ययन गरिरहेको छ । रास्वपाको आइतबार बसेको सचिवालय बैठकले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने पार्टीका उम्मेदवारहरूको नाम पठाएको हो । रास्वपा सचिवालय बैठकपछि ...