मुख्य समाचार
'मिस्टर नोबडी अगेन्स्ट पुटिन' ले जित्यो अस्करमा उत्कृष्ट डक्युमेन्ट्री अवार्ड
'मिस्टर नोबडी अगेन्स्ट पुटिन' ले जित्यो अस्करमा उत्कृष्ट डक्युमेन्ट्री अवार्ड

— युरोपमा निर्वासनमा रहेका रुसी फिल्ममेकर पावेल तालान्किन र अमेरिकी फिल्ममेकर डेभिड बोरेन्स्टाइनले निर्देशन गरेको 'मिस्टर नोबडी अगेन्स्ट पुटिन'ले यस वर्षको अस्करमा उत्कृष्ट डक्युमेन्ट्री अवार्ड जितेको छ ।

निर्देशक बोरेन्स्टाइनले अवार्ड ग्रहण गर्ने क्रममा परिवारका सदस्य, साथीहरू र नोमिनेसनमा परेकाहरूलाई भन्यवाद दिए । साथै उनले फिल्मबारे भने, 'मिस्टर नोबडी अगेन्स्ट पुटिन' कसरी तपाईंले आफ्नो देश गुमाउनुहुन्छ भन्ने बारेमामा हो ।'

'जब सरकारले हाम्रो ठूला सहरका सडकहरूमा मानिसहरूको हत्या गर्छ, जब हामी केही पनि बोल्दैनौँ, जब धनाढ्य अभिजात वर्गले मिडियामाथि कब्जा गरेर हामीले यसलाई कसरी उत्पादन गर्ने र कसरी उपभोग गर्ने भन्ने कुरा नियन्त्रण गर्छन्- तब हामी सबैले एउटा नैतिक छनोटको सामना गर्छौँ । तर सौभाग्यवश, एक साधारण मानिस पनि तपाईंले सोचेभन्दा धेरै शक्तिशाली हुन्छ,' उनले अगाडि भने ।

यस डक्युमेन्ट्रीमा एक जना रुसी शिक्षकले गोप्य रूपमा आफ्नो विद्यालय युक्रेनी आक्रमणका दौरान कसरी युद्धको भर्नास्थल भइरहेको छ भन्ने पत्ता लगाउँछन् । प्रोपोगान्डा र सैनिकीकरणका बेला शिक्षासेवीहरू कसरी नैतिक द्विविधामा परिरहेका छन् भन्ने विषय डक्युमेन्ट्रीमा देखाइएको छ ।

अस्करमा कसले के जिते ?

बेस्ट फिल्म

वान ब्याटल आफ्टर अनादर

बेस्ट एक्ट्रेस

जेसी बक्ली, ह्याम्नेट

बेस्ट एक्टर

माइकल बी जोर्डन, सिनर्स

बेस्ट डिरेक्टर

पल टमस एन्डर्सन, वान ब्याटल आफ्टर अनादर

बेस्ट ओरिजिनल सङ

गोल्डेन, के-पप डिमन हन्टर्स

बेस्ट इन्टरनेसनल फिचर

सेन्टिमेन्टल भ्यालु

बेस्ट सपोर्टिङ एक्ट्रेस

एमी माडिगन, विपन्स

बेस्ट एनिमेटेड फिचर फिल्म

के-पप डिमन हन्टर्स

बेस्ट एनिमेटेड सर्ट फिल्म

द गर्ल हु क्राइड पर्ल्स

बेस्ट कस्ट्युम डिजाइन

फ्रान्केन्स्टाइन(केट हले)

बेस्ट मेकअप एन्ड हेयरस्टाइल

फ्रान्केन्स्टाइन

बेस्ट कास्टिङ

वान ब्याटल आफ्टर अनादर(कासान्द्रा कुलुकुन्दिस)

बेस्ट लाइभ एक्सन सर्ट फिल्म

द सिंगर्स र टु पिपल एक्स्चेन्जिङ सालिभा(संयुक्त रूपमा)

बेस्ट सपोर्टिङ एक्टर

सिन पेन, वान ब्याटल आफ्टर अनादर

बेस्ट एड्याप्टेड स्क्रिनप्ले

वान ब्याटल आफ्टर अनादर(पल टमस एन्डर्सन)

बेस्ट ओरिजिनल स्क्रिनप्ले

सिनर्स(र्‍यान कुगलर)

बेस्ट प्रडक्सन डिजाइन

फ्रान्केन्स्टाइन

बेस्ट भिजुअल इफेक्ट्स

अवतार : फायर एन्ड एस

बेस्ट डक्युमेन्ट्री सर्ट फिल्म

अल द इम्प्टी रूम्स

बेस्ट ओरिजिनल स्कोर

सिनर्स(लड्विग गोरान्सन)

बेस्ट साउन्ड

एफ वान

वान ब्याटल आफ्टर अनादर

बेस्ट सिनेमेटोग्राफी

सिनर्स

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मार्वल स्टुडियोजले कमिक-कन इन्टरनेसनलको प्रस्तुतिमा डेभिड जोन्सनलाई नयाँ ‘ब्ल्याक प्यान्थर’का रूपमा सार्वजनिक गरेको छ । उनले चाडविक बोसम्यानले निर्वाह गरेको पात्र टी’चालाका छोराको भूमिका खेल्नेछन् । मार्वलले नयाँ फिल्ममा रायन गोसलिङले ‘घोस्ट राइडर’को भूमिका निर्वाह गर्ने जानकारी पनि दिएको छ । यी दुवै बहुप्रतीक्षित फिल्महरू सन् २०२८ मा प्रदर्शन हुनेछन् । जोन्सन ‘ब्ल्याक प्यान्थर’ शृंखलाका निर्देशक ...
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम