मुख्य समाचार
नेपाल आयल निगमले अहिलेसम्म ग्यास आयातमा कुनै समस्या नभएको दाबी गरे तापनि देशका विभिन्न स्थानमा उपभोक्ताले ग्यास नपाएको
नेपाल आयल निगमले अहिलेसम्म ग्यास आयातमा कुनै समस्या नभएको दाबी गरे तापनि देशका विभिन्न स्थानमा उपभोक्ताले ग्यास नपाएको

— नेपाल आयल निगमले अहिलेसम्म ग्यास आयातमा कुनै समस्या नभएको दाबी गरे तापनि देशका विभिन्न स्थानमा उपभोक्ताले ग्यास नपाएको बताएका छन् । सर्वसाधारण खाली सिलिन्डर लिएर लाइनमा बसेको छ्यापछ्याप्ती देखिन्छ । ग्यास अभावका कारण राजधानी काठमाडौंका साथै धेरै स्थानका नागरिक तथा साना व्यवसाय गरेर दैनिकी चलाउनेहरू मर्कामा परेका छन् ।

काठमाडौंको टोखा–२ घर भएकी सविना डंगोलले जति खोज्दा पनि ग्यास पाएकी छैनन् । सधैं ल्याउने ठाउँमा जाँदा ग्यास नै नआएको जवाफ पाउने गरेको उनी बताउँछिन् । ‘टोखाका अरू ठाउँमा पनि खोजें, कतै ग्यास पाइएन । घरमा सिलिन्डर खाली हुन लागिसक्यो, पसलमा सोध्यो भने अहिले सकिएको छ, केही दिनमा आउँछ भन्छन्,’ उनले भनिन् ।

आफ्ना छिमेकीको पनि यही समस्या रहेको उनले सुनाइन् । ‘अब ग्यास पाइएन भने दाउरा खोजेर भए पनि खाना पकाउनुपर्ला,’ डंगोल भन्छिन् । टोखाकै ग्रिनल्यान्डकी दीपा परियार घरको ग्यास सिलिन्डर कुन बेला रित्तिने हो भन्ने चिन्तामा छिन् । ‘एउटा सिलिन्डर आधा भएको छ । आजभोलि कहिले सकिने हो भन्ने पीर छ । अर्को सिलिन्डर खाली छ,’ उनले भनिन्, ‘ग्यास लिन गयो छैन मात्र भन्छन् ।’

ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
Gas imports have increased, but consumers are suffering from long lines

ग्यास अभावले साना रेस्टुरेन्ट र खाजाघर सञ्चालनमा पनि असर पुगेको छ । काठमाडौंको बुद्धनगरस्थित साधना खाजाघरमा अरू बेला ग्राहकले अर्डर गरेअनुसार बिहानको खाना सधैं पाक्थ्यो । तर, केही दिनयता पर्याप्त ग्यास नहुँदा खाना पकाउन नसकिएको सञ्चालक नविना राउतले बताइन् । ‘ग्यास पाइएको छैन । हामीले सधैं लिने ठाउँमा रहेनछ । आएपछि आजभोलिमा दिन्छु त भनेका छन्,’ उनले भनिन् ।

टोखा साईबाबा चोकमा रहेको कोइराला स्टोरको बाहिर केही खाली सिलिन्डर देखिन्छन् । स्टोरका सञ्चालक धादिङ थाक्रे–९ घर भएका राजकुमार कोइराला एउटै व्यक्तिले धेरै सिलिन्डर लगेकाले आफ्नो पसलमा धेरै ग्यास नभएको सुनाउँछन् । ‘अहिले मर्कामा पर्नेहरू एउटा सिलिन्डर मात्र भएकाहरू हुन् । घरमा २/३ वटा सिलिन्डर भएकाहरूले एउटा पनि छैन भन्दै मेरोबाट एउटा, अर्को पसलबाट एउटा लिएका छन्,’ उनले भने । डिलरले केही दिनमा ग्यास ल्याइदिने बताएको राजकुमार बताउँछन् ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
Gas imports have increased, but consumers are suffering from long lines

पोखरा महानगरपालिका–३२ घर भएकी सम्झना अर्याल ग्यास नपाएर अलमल्ल थिइन् । ‘ग्यास सक्कियो, तर पसलमा पाइएको छैन । २–३ दिनमा आउँछ भनेका छन्,’ उनले भनिन्, ‘खाना पकाउनै नपाउने भएपछि विद्युतीय चुलो किनेँ ।’

पोखरा–५ मालेपाटन घर भएकी मीना चापागाईंले २२ वर्षदेखि किराना पसल चलाउँदै आएकी छन् । मालेपाटन चोकमै उनको दीपा किराना पसल छ । उनले ग्यास पनि बेच्दै आएकी छन् । तर अहिले डिलर नदिएपछि बेच्न नपाएको बताइन् । ‘ग्राहकले दिनदिनै ग्यास पनि दिन सक्नुभएन भन्छन् । के गर्नु डिलरले नदिएपछि,’ उनले भनिन् ।

यस्तै, पाल्पाको रम्भा गाउँपालिका–३ की प्रगति रेग्मी यतिबेला ग्यास नपाएर तनावमा छिन् । एउटा मात्र सिलिन्डर भएकाले सक्किनेबित्तिकै भर्ने गर्थिन् तर अहिले नपाएको सुनाइन् । ‘ग्यास नपाएपछि विद्युतीय चुलो किनेको छु,’ उनले भनिन् ।

***

नियमित ग्यास आयात भइरहे पनि बजारमा अभाव देखिनुको एउटा कारण उपभोक्तामा देखिएको मनोवैज्ञानिक त्रास रहेको जानकारहरूले बताएका छन् । २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला थालेपछि विश्व बजारमा नै इन्धन र ग्यास जस्ता पदार्थको संकट देखिने त्रास फैलियो, जसको असर नेपालसम्म देखिएको हो ।

ads/1440x233px-dew-aston-0432026041034.png
इरान युद्ध र पश्चिम एसियामा तनाव सुरु भएपछि छिमेकी भारतका केही क्षेत्रमा ग्यासको मूल्यवृद्धि भयो भने उपभोक्ता ग्यास लिन लाइनमा नै बस्न थाले । नेपाल पनि ग्यासमा भारतमै निर्भर रहेकाले उपभोक्ताहरूले धमाधम ग्यास किन्न थाले । माग बढेपछि अभाव देखिन थाल्यो । आयल निगमले ग्यास आयात नियमित रहेको भन्दै हल्लाको पछि नलाग्न विज्ञप्ति नै जारी गर्‍यो । यसबीचमा नेपालमा २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदै थियो । निर्वाचनका बेलामा मूल्यवृद्धि हुने भन्दै उपभोक्ताहरूले ग्यास खरिद गर्न थाले ।

नेपालले भारतबाट ग्यास आयात गर्दै आए पनि भण्डारणको व्यवस्था छैन । अर्कोतर्फ व्यक्ति, परिवार वा स–साना खाजाघरदेखि ठूला पाँचतारे होटलसम्म कसले कति वटा ग्यास सिलिन्डर राख्ने नियम पनि छैन । त्यसकारण इन्धन नपाउने विषय चर्किंदा एउटा मात्रै सिलिन्डर राख्ने र सकिएपछि खरिद गर्ने उपभोक्ता मारमा पर्दै आएका छन् ।

काठमाडौंको सानोभर्‍याङस्थित नेपाल ग्यासका डिलर इचंगु इन्टरप्राइजेजका सञ्चालक गेहेन्द्र रिजाल पहिला दिनमा सय वटा सिलिन्डर बिक्री हुने गरेकामा अहिले २ सय वटासम्म माग आइरहेको बताउँछन् । ‘तर पनि पुगिरहेको छैन । नाम टिपाउने मात्र ५ सयभन्दा बढी भइसके,’ उनले भने, ‘पुस–माघमा उद्योगबाटै कम ग्यास आयो, त्यतिबेला ग्यास नै बिक्री गर्न नपुगेको भन्ने थिएन,’ उनले भने, ‘१५ फागुनपछि सहजै रूपमा ग्यास आइरहेको छ । तर माग पूरा गर्नै सकिएको छैन । ग्यास आएपछि नामअनुसार उपभोक्तालाई दिन्छौं ।’

ads/hardik-niskula-iui1440233-1332026032859.jpg
***

उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चिति गर्दा अभाव भएको ग्यास विक्रेता तथा आयल निगमको दाबी छ । सोही कारण बढी सञ्चिति नहोस् र उपभोक्ताले सजिलै पाऊन् भनेर निगमले आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यास भरिएको सिलिन्डर बिक्री थालेको छ । यसअघि १४.२ किलोको ग्यासको सिलिन्डर हुन्थ्यो ।

हरेक दिनको आयात नघटे पनि अभाव हुने डरले उपभोक्ताले अनावश्यक ग्यास थुपार्ने प्रवृत्ति बढेपछि बजारमा अभाव देखिएको निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले बताए । ‘अनावश्यक भण्डारण भयो । तर पनि अभाव छैन । होटल/रेस्टुरेन्ट केही बन्द भएका छैनन् । अरू बेला पनि जति खपत हुने हो, त्यति नै ग्यास आयात र वितरण भएको छ,’ उनले भने ।

निगमका अनुसार सरकारी भण्डारण गृह नभएकाले आयात हुने ग्यास सिधै उद्योगहरूमै पुग्छ । ग्यास आयात गर्ने सवारीसाधन ‘बुलेट’ समेत मुलुककै छैन । त्यसका लागि भारतीय सवारीमै निर्भर हुनुपर्छ । निगमको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन–फागुनको तुलनामा यस वर्षको सोही अवधिमा ९ हजार ७ सय ५५ टन बढी ग्यास आयात भएको छ । Gas imports have increased, but consumers are suffering from long lines

ads/laxmi-sunrise-6811-08220261134141-0432026041702.jpg
चालु आर्थिक वर्षको साउन–फागुनमा ३ लाख ७२ हजार २ सय ८७ टन ग्यास आयात भएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा ३ लाख ६२ हजार ५ सय ३२ टन आयात भएको थियो । निगमका अनुसार सबैभन्दा बढी फागुनमा ५१ हजार १ सय ९२ टन ग्यास आयात भएको छ । गत आर्थिक वर्षको फागुनमा ४७ हजार ७ सय ७१ टन आयात भएको थियो ।

ग्यास विक्रेता महासंघले २६ फागुनमा सूचना जारी गर्दै पश्चिम एसियामा देखिएको अशान्तिका कारण उपभोक्तामा ग्यास पाइँदैन भन्ने चिन्ता हुनु स्वाभाविक रहेको भन्दै उपभोक्ता ठग्ने उद्योगी र विक्रेतालाई कारबाही गर्न माग गरेको छ । खाली सिलिन्डर लिएर आउने सबै उपभोक्तालाई ग्यास बिक्री गरिरहेको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । ‘ग्यास बिक्री वितरण भइरहेको छ, उद्योगबाट आइरहेको छ, हामी बिक्री गरिरहेका छौं,’ उनले भने, ‘उपभोक्ताले बढी सञ्चित गरिरहेकाले अभाव सिर्जना भएको छ ।’

उनका अनुसार एउटा सिलिन्डर राख्ने परिवार पनि छन् भने पाँचवटा सिलिन्डर राख्ने पनि छन् । ‘जतिसुकै सिलिन्डर भए पनि सामान्य बेलामा प्रयोग गरिरहेको सकिने बेला भएपछि अर्को ग्यास मगाउँथे, किनकि त्यतिबेला १५/२० मिनेटमा सहजै ग्यास घरमा पुग्थ्यो,’ उनले भने, ‘तर पश्चिम एसियामा युद्ध सुरु भएपछि ग्यास नपाउने भन्दै सक्नेहरूले भएका सबै सिलिन्डर भरेर राख्न थाले ।’

ads/6800x1100px-1532026090118.jpg
एउटा परिवारले कतिवटा सिलिन्डर राख्ने भन्ने व्यवस्था नभएकाले यस्तो अवस्था सिर्जना हुने गरेको उनको भनाइ छ । ‘ग्यास नै नआएको भने होइन, माग अत्यधिक बढ्यो । वास्तविक उपभोक्ता को भन्ने भएन,’ उनले भने ।

निगमले जस्तै उद्योगीहरूले समेत ग्यास आयातमा कमी नआएको बताउँछन् । हरेक दिन साविक बराबरकै ग्यास आयात भइरहेकाले आइतबारसम्म नेपालमा ग्यास आपूर्तिमा पश्चिम एसियामा भइरहेको युद्धको असर नदेखिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए । ‘२/४ प्रतिशत कमबेसी होला, तर नियमित रूपमा साविकै बराबर औसतमा १०० बुलेट ग्यास आयात भइरहेको छ,’ उनले भने, ‘नाकाबन्दीको समयमा सम्पन्न परिवारमा सिलिन्डर थुप्रियो । अहिले धेरैले आफूसँग भएका सबै खाली सिलिन्डर भरेर राख्न थाले । यसकारण जसको एउटा मात्र ग्यास छ, उसले पाएको छैन । बजारमा कृत्रिम अभाव सिर्जना गरिएको छ ।’

हाल आफूहरूसँग ग्यास स्टक नरहेको घिमिरेले बताए । ‘सामान्य अवस्थामा कम्तीमा महिना दिन पुग्ने स्टक हुन्थ्यो । अहिले हामीसँग स्टक छैन । आयात गर्‍यो, वितरण गर्‍यो । अहिले यही काम मात्र भएको छ । न उद्योग न विक्रेता कसैले पनि स्टकमा राख्न सकेका छैनन्,’ उनले थपे ।

ads/gd-1532026090510.jpg
ads/vd-1532026090556.jpg
विगतका वर्षमा काठमाडौं उपत्यकालगायत अन्य सहरमा ग्यास अभाव हुँदा पनि तराईमा अभाव नभएको स्मरण गर्दै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले भने, ‘यस पटक फरक परिस्थिति देखियो । तराईमा पनि ग्यास अभाव देखिएको छ । इरान युद्धसँगै भारत सरकारले रेस्टुरेन्टहरूमा ग्यास वितरणमा कडाइ गरेपछि त्यसको असर सीमा क्षेत्रका नेपाली भू–भागमा पनि परेको छ ।’ अहिले पनि सामान्य अवस्थाकै बराबर ग्यास आयात भइरहे पनि अभाव हुने त्रासमा उपभोक्ताबाटै भण्डारण बढेकाले बजारमा अभाव देखिएको उनले बताए ।

ग्यास वितरण चक्र, उद्योग र क्षमता

मुलुकमा ५९ ग्यास उद्योग छन् । यी सबै उद्योगलाई ग्यास आयात अनुमति दिइएको छ । दैनिक औसत १०० हाराहारीमा बुलेट (ग्यास बोक्ने ट्यांकर ट्रक) मार्फत ग्यास आइरहेको छ । यी बुलेट पनि भारतकै हुन् । नेपालसँग ग्यास बोक्ने बुलेट छैन । भारतको यूपीस्थित मथुरा, बिहारस्थित बरौनी, पश्चिम बंगालस्थित हल्दिया, उडिसास्थित पारादीपबाट ग्यास आइरहेका छन् ।

Gas imports have increased, but consumers are suffering from long lines

दाङलगायत पश्चिम क्षेत्रमा आपूर्ति हुने ग्यास मथुराबाट आउँछ । तर, काठमाडौंको सबैभन्दा नजिकको क्षेत्र बरौनी भएकाले त्यहींबाट आपूर्ति हुन्छ । निगमले आयात अनुमति दिने र सोहीअनुसार उद्योगीहरूले ग्यास आयात गर्दै आएका छन् । आयातित ग्यास सिधै उद्योगमै पुग्छ । उद्योगीहरूले ग्यासलाई ‘प्याक्ड’ गरी वितरण र डिलरसम्म पुर्‍याउँछन् ।

डिलरबाट खुद्रा तथा होलसेल पसलहरूमा ग्यास पुग्छ । उपभोक्ताले सिधै डिलरबाट वा खुद्रा तथा होलसेल पसलहरूबाट ग्यास खरिद गर्न सक्छन् । होटल, पार्टी प्यालेस तथा धेरै ग्यास खपत गर्ने ठूला उपभोक्ताले भने सिधै उद्योग वा वितरकबाट ग्यास खरिद गर्दै आएका छन् । उपत्यकामा उद्योग नभएकाहरूले भने वितरकमार्फत डिलरसम्म ग्यास पुर्‍याउने गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । ‘उपत्यकामै उद्योग भएकाहरूले भने सिधै डिलरमार्फत उपभोक्तासम्म ग्यास पुर्‍याउँछन्,’ उनले भने । उद्योगहरूको क्षमता १० हजार टन रहेको उनले बताए ।

बढी अभाव भएका चार ग्यास टेकुबाट वितरण

बजारमा ग्यास अभाव देखिएपछि उद्योगहरूले काठमाडौं टेकुस्थित साविकको आयल निगमको भवनबाट ग्यास वितरण गरिरहेका छन् । बजारमा धेरै अभाव देखिएका नेपाल, एचपी, सुगम र एभरेस्ट गरी चार प्रकारका ग्यास वितरण भइरहेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष चन्दले जानकारी दिए । ‘धेरै आपत् पर्‍यो भनेर ४/५ वटा उद्योगले टेकुमा आउटलेट राखेर ग्यास बिक्री गरिरहेका छौं । नेपाल ग्यासले बालाजुस्थित आफ्नो उद्योगबाट पनि वितरण गरिरहेको छ,’ उनले भने, ‘ती स्थानमा खाली सिलिन्डर लिएर जानेले ग्यास पाउँछन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ७ जना भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानवीन गर्न समिति गठन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख एसपी दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए। समितिले १४ जना भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना ...
: मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६:२० बजेतिर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको हो। प्रहरीका अनुसार बुधनगरबाट जहदातर्फ जाँदै गरेको बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा मोटरसाइकल चालक भारत बिहारका ३५ ...
: नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदहरू नामावली निर्वाचन आयोगमा पेश गरेको छ। आयोगका अनुसार कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो। सूची हेर्नुस्: खस आर्यबाट १.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती, ४. सीता थपलिया ५. गंगा शाही ६. अर्जुननरसिंह केसी आदिवासी जनजातिबाट ७.गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११. सुनिताकुमारी सुवेदी १२. भीष्मराज आङ्देम्बे मधेशीबाट १३. निनुकुमारी कर्ण १४. ...
: अर्घाखाँचीमा वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२ को औपचारिक शुभारम्भ गरिएको छ। वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए। सप्ताहको अवसरमा वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति ...
— राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका लागि ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगले रास्वपाले बुझाएका नामहरूमाथि छानबिन गरिरहेको छ । ती नामहरूमा निर्वाचन कानुनअनुसार सिफारिस भए-नभएको सम्बन्धमा आयोगले अध्ययन गरिरहेको छ । रास्वपाको आइतबार बसेको सचिवालय बैठकले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने पार्टीका उम्मेदवारहरूको नाम पठाएको हो । रास्वपा सचिवालय बैठकपछि ...