मुख्य समाचार
ट्रम्पले होर्मुज स्ट्रेट खुला गर्ने विषयमा युरोपेली देशहरू र चीनमाथि कडा दबाब सिर्जना
ट्रम्पले होर्मुज स्ट्रेट खुला गर्ने विषयमा युरोपेली देशहरू र चीनमाथि कडा दबाब सिर्जना

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट खुला गर्ने विषयमा युरोपेली देशहरू र चीनमाथि कडा दबाब सिर्जना गरेका छन्। फाइनान्सियल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले यदि युरोपेली सहयोगीहरूले यस रणनीतिक जलमार्ग खोल्न मद्दत नगरेमा त्यसले नेटो (NATO) को भविष्यका लागि 'धेरै नराम्रो' नतिजा ल्याउने चेतावनी दिएका हुन्।


राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग बेइजिङमा हुने आगामी शिखर वार्ताअघि नै चीनले होर्मुज स्ट्रेटका विषयमा ठोस कदम चालोस् भन्ने चाहना व्यक्त गरेका छन्। ट्रम्पका अनुसार चीनले आफ्नो कुल तेल आयातको ९० प्रतिशत यही मार्गबाट प्राप्त गर्ने भएकाले यसलाई सुचारु राख्नु चीनको आफ्नै हितमा छ।


मार्चको अन्त्यमा बेइजिङ बैठक तय भए तापनि ट्रम्पले दुई हप्ताको समय धेरै लामो भएको बताउँदै चीनले तुरुन्तै केही गरोस् भन्ने अपेक्षा राखेका छन्। उनले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने संकेत समेत दिएका छन्। नेटो र युरोपेली देशहरूप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै ट्रम्पले अमेरिकाले सधैँ अरूको रक्षा गर्ने तर बदलामा सहयोग नपाउने गरेको गुनासो गरे। उनले खाडी क्षेत्रको तेलमा युरोपको ठूलो निर्भरता रहेकाले होर्मुज स्ट्रेट खोल्न सहयोग गर्नु उनीहरूको 'कर्तव्य' भएको बताए।



'हामीले युक्रेनका लागि उनीहरूलाई मद्दत गर्नु आवश्यक थिएन, किनकि युक्रेन हामीभन्दा हजारौँ माइल टाढा छ। तर पनि हामीले मद्दत गर्‍यौँ। अब हामी हेर्नेछौँ कि उनीहरूले हामीलाई मद्दत गर्छन् कि गर्दैनन्,' ट्रम्पले भने।

ट्रम्पले अमेरिका आफ्ना सहयोगीहरूप्रति 'धेरै नरम' रहेको टिप्पणी गर्दै अब व्यवहारिक सहयोगको अपेक्षा गरेका छन्। यो चेतावनी उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई होर्मुज स्ट्रेट खोल्नका लागि 'साझा प्रयास मा सामेल हुन औपचारिक अपील गरेको भोलिपल्ट आएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ७ जना भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानवीन गर्न समिति गठन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख एसपी दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए। समितिले १४ जना भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना ...
: मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६:२० बजेतिर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको हो। प्रहरीका अनुसार बुधनगरबाट जहदातर्फ जाँदै गरेको बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा मोटरसाइकल चालक भारत बिहारका ३५ ...
— नेपाल आयल निगमले अहिलेसम्म ग्यास आयातमा कुनै समस्या नभएको दाबी गरे तापनि देशका विभिन्न स्थानमा उपभोक्ताले ग्यास नपाएको बताएका छन् । सर्वसाधारण खाली सिलिन्डर लिएर लाइनमा बसेको छ्यापछ्याप्ती देखिन्छ । ग्यास अभावका कारण राजधानी काठमाडौंका साथै धेरै स्थानका नागरिक तथा साना व्यवसाय गरेर दैनिकी चलाउनेहरू मर्कामा परेका छन् । काठमाडौंको टोखा–२ घर भएकी सविना डंगोलले जति खोज्दा ...
: नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदहरू नामावली निर्वाचन आयोगमा पेश गरेको छ। आयोगका अनुसार कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो। सूची हेर्नुस्: खस आर्यबाट १.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती, ४. सीता थपलिया ५. गंगा शाही ६. अर्जुननरसिंह केसी आदिवासी जनजातिबाट ७.गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११. सुनिताकुमारी सुवेदी १२. भीष्मराज आङ्देम्बे मधेशीबाट १३. निनुकुमारी कर्ण १४. ...
: अर्घाखाँचीमा वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२ को औपचारिक शुभारम्भ गरिएको छ। वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए। सप्ताहको अवसरमा वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति ...