मुख्य समाचार
सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय दिलाउन माग गर्दै रौतहटमा प्रदर्शन
सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय दिलाउन माग गर्दै रौतहटमा प्रदर्शन

: सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय दिलाउन माग गर्दै रौतहटमा प्रदर्शन भएको छ । घटनाप्रति आक्रोश व्यक्त गर्दै युवाहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमा हरेक दिन प्रदर्शन गर्दै आएका छ्न् ।


युवाहरूले 'इनिशालाई न्याय दे', 'बलात्कारीलाई फाँसी दे', 'महिला अधिकारको रक्षा गर'लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारलाई खबरदारी गरिरहेका छ्न् । प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई कडा सजाय दिनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।


युवा अभियन्ता संजिप विश्वकर्माले नेपालमा यसअघि पनि महिला तथा बालिकामाथि हुने हिंसाका धेरै घटनामा पीडितले न्याय नपाएको उदाहरणहरू रहेको बताउदै दलितमाथीको घटनामा न्याय नपाईने र यो अवस्था दोहोरिन सक्ने आशंका व्यक्त गर्दै दोषीलाई कुनै पनि बहानामा उम्काउन नहुने बताए।



ढिलो न्याय दिनु अन्याय सरह हुने भएकाले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बिश्वकर्माले बताए । यस्ता घटनाहरू रोक्न सरकार, सुरक्षा निकाय र समाज सबै जिम्मेवार भएर लाग्नुपर्ने नागरिक समाजका अगुवाहरुको भनाइ छ ।

बलात्कार तथा महिला हिंसाका घटनामा संलग्न अपराधीलाई कानुन अनुसार कडा सजाय दिनैपर्ने साथै पीडितलाई न्याय दिलाउन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै हरेक दिन प्रदर्शन जारी रहेको छ । महिला तथा बालिकामाथि हुने हिंसाका घटनाविरुद्ध समाज एकजुट हुनुपर्ने आवश्यकता रहेको अधिवक्ता बिपीन गौतमको तर्क छ ।

सुर्खेतमा भएको उक्त घटनाले देशभर आक्रोश फैलाएको त छदै छ, घटनाले समाजको चित्र र सरकारको रबैया समेत प्रस्ट पारिदिएको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले युद्ध प्रभावित मुलुकमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपालीको उद्धारलाई प्रभावकारी बनाउने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो। यसका लागि नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, ...
: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यससँगै धनुषा क्षेत्र नं १ मा विजयी घोषित भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदावर मातृका प्रसाद यादवले मान्यता पाएका छन्। निर्वाचन आयोगले किशोरी साह ...
: शनिबार बेलुकी गोरखामा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका सातजना भारतीय भक्तजनको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। आइतबार साँझ पोस्टमार्टम गरिसकेर दूतावासका प्रतिनिधिलाई शव हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रदेश अस्पताल गोरखामा पोस्टमार्टम गरेपछि शव दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। शव ग्रहण गरेलगत्तै भारतीय ...
: सरकारले जेनजी आन्दोलन सम्बन्धमा कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए।
— उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा निर्धारण गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताको सहभागिता भएको समीक्षामा अनेक चुनौतीका बीच पार्टीलाई प्राप्त सम्मानजनक मतप्रति सन्तुष्टि व्यक्त गरेको छ । पार्टी प्रवक्ता ...