मुख्य समाचार
काठमाडौं -कतार एयरवेजले सीमित उडान
काठमाडौं -कतार एयरवेजले सीमित उडान

— काठमाडौं -कतार एयरवेजले सीमित उडान तालिका सार्वजनिक गर्दै १७ र १८ मार्च (मंगलबार र बुधवार) नेपालसहित केही दर्जन अन्तर्राष्ट्रिय गन्तव्यका उडान सञ्चालन गर्ने जनाएको छ।

यस तालिकाअनुसार नेपालका यात्रुका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल(काठमाडौं) र दोहा बीचको उडान पनि समावेश गरिएको छ। १६ दिनअधि इरानमा हवाई आक्रमण भएपछि कतार लगायतका खाडी गन्तव्यमा संसारभरका नियमित उडानमा रोक लगाइएको थियो ।

कम्पनीले सार्वजनिक गरेको तालिकाअनुसार १७ मार्चमा दोहाबाट काठमाडौं तथा काठमाडौंबाट दोहा दुवै दिशामा उडान सञ्चालन हुनेछ। यस्तै १८ मार्चमा पनि काठमाडौंबाट दोहातर्फ उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

कतारको हवाई मार्ग अस्थायी रूपमा प्रभावित भएपछि नियमित उडान तालिका दुई साता यता अवरुद्ध भएका थिए । यस्तो अवस्थामा यात्रुहरूको यात्रालाई निरन्तरता दिन सीमित उडान मार्ग प्रयोग गर्दै केही गन्तव्यमा मात्र उडान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

एयरलाइन्सका अनुसार यी उडानहरू नियमित व्यावसायिक उडान पूर्ण रूपमा पुनः सुरु भएको संकेत नभई प्रभावित यात्रुहरूको व्यवस्थापनका लागि मात्रै सञ्चालन गरिएका विशेष उडान हुन्। यात्रुहरूलाई पुष्टि भएको टिकटबिना विमानस्थल नआउन पनि अनुरोध गरिएको छ।

कतार एयरवेजले यात्रुहरूको सुरक्षा र सुविधा नै आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै थप जानकारीका लागि आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्टमार्फत उडान स्थिति जाँच गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीविरुद्ध घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक अधिकारीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले कुटी रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं सेयरधनी देवेन्द्र केसी र बाँके नेपालगञ्जका रविन्द्र लामिछानेलाई प्रतिवादी बनाएको छ। आयोगले अधिकारीबाट ७० लाख,देवेन्द्र केसीबाट ...
सरकारले राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि ओम प्रकाश अर्याललाई मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस
: प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि सहभागी थिए। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए। फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गरेको भन्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए।
: उदयपुरमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका-२ गिदेरीका १८ वर्षीय सोकिन्दर चन्द्रवंशी रहेका छन्। गिदेरी खोलास्थित सडकमा प्रदेश १-०४-००१ त १३३२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरुद्धको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शार‌ङ्गा सुवेदी, सुनिलकुमार पोखरेलको इजलासमा रिट निवेदक र सरकारी वकिलले बहस गरेका छन् । महान्यायाधीवक्ता भण्डारी आफैं बहस गर्न आएकी थिइन् । तर, समय नपुगेपछि ...