मुख्य समाचार
मनकामनामा भएको इभी माइक्रोभ्यान दुर्घटनामा मृत्यु हुने सबै तीर्थयात्री भारतीय रहेको
मनकामनामा भएको इभी माइक्रोभ्यान दुर्घटनामा मृत्यु हुने सबै तीर्थयात्री भारतीय रहेको

: शनिबार राती गोरखाको मनकामनामा भएको इभी माइक्रोभ्यान दुर्घटनामा मृत्यु हुने सबै तीर्थयात्री भारतीय रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनकामनाको पूजा गरी फर्कने क्रममा उनीहरू सवार बाग्मती प्रदेश १—००६ख८४३० नम्बरको माइक्रो बस सहिद लखन गाउँपालिका- ३ कानटार नजिककैको भीरबाट खस्दा सात जनाको मृत्यु भएको थियो।


मृत्यु हुनेहरूमा भारतीय नागरिक ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मिनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी रहेको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए।


१६ जना सवार सो माइक्रोबसमा ११ जना महिला र ५ जना पुरुष रहेका थिए। चालक र सहचालक बाहेक सबै भारतीय नागरिक रहेको उनले बताए।



घाइते ९ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। मृतकहरुको शव प्रदेश अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्रोत नखुलेको साढे १० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८ सय ४० रुपैयाँसहित दुवै जनालाई शनिबार राति प्रहरीले पक्राउ ...
: नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको सूची तयार पारेको छ। आइतबार बसेको कार्यसम्पादन बैठकले समानुपातिकतर्फ २० जना सांसदको सूची तयार पारेको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार २० मध्ये १५ जना महिला र ५ जना पुरुषको नाम टुंगो लगाएको हो। उनले महिलातर्फ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ र बाँकी अन्य कलस्टरबाट नाम टुंगो लगाएको बताए। ...
: डडेलधुरा परशुराम नजिक रहेको महाकाली नदीमा डुबेर बालकको मृत्यु भएको छ। केही दिनदेखि बढेको गर्मी छल्न साथीहरूसँग महाकाली किनारमा नुहाउन गएका बालकको मृत्यु भएको स्थानीयले जनाएको छ। जिल्लाको परशुराम नगरपालिकामा पौडी खेल्ने क्रममा महाकाली नदीमा डुबेर परशुराम नगरपालिका-६ भोरकुण्डाका धनबहादुर धामीका छोरा १२ वर्षीय योगेश धामीको मृत्यु भएको हो। साथीसँगै खोलामा पौडी खेल्न क्रममा शनिबार ...
: खाना पकाउने ग्यास (एलपी ग्यास)को अभाव हुँदा उपभोक्ताहरूमा मारमा परेका छन्। सर्वसाधारणहरू दिनहुँ ग्यासको खोजीमा डिलरहरू धाइरहेका छन्। काठमाडौंको बालाजुस्थित नेपाल ग्यास इन्डस्ट्रिज र टेकुस्थित नेपाल आयल निगम (एनओसी) परिसरमा ग्यास लिन आउनेहरूको लामो लाइन देखिएको छ। सर्वसाधारणले स्कुटर, मोटरसाइकल, साइकल तथा हातैले रोल गर्दै खाली ग्यास सिलिन्डर ल्याएर लाइनमा बसेका छन्। मध्यपूर्व क्षेत्रमा ...
: रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ। आज बसेको सचिवालय बैठकले पठाएको नाम निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिए। झाले आज नै निर्वाचन आयोगमा ५७ जनाको नामावली बुझाउने निर्णय भएको बताए। केन्द्रीय सचिवालयको बैठकले ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुषको नाम पठाइएको उनले बताए। झाका ...