मुख्य समाचार
कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्ने गरेको फेला परेपछि प्रशासनले कारबाही गरे
कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्ने गरेको फेला परेपछि प्रशासनले कारबाही गरे

: कास्कीको पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सले कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्ने गरेको फेला परेपछि प्रशासनले कारबाही गरेको छ।


जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उक्त पसलले उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत कार्य गरेको भेटिएपछि तत्कालै ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।


जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले शनिबार पोखराका विभिन्न ५ वटा ग्यास डिलरको अनुगमन गरेको थियो।



सो क्रममा भण्डारी ट्रेडर्समा १४.२ केजी तौल भएका ४८ थान ग्यास सिलिन्डर अनुचित रूपमा लुकाई छिपाई सञ्चित गरी राखेको अवस्थामा फेला परेको थियो। अनुगमन टोलीले उक्त पसलमा एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्दै गरेको अवस्थामा ३ थान उपकरण समेत बरामद गरेको छ।

प्रशासनले भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुका साथै अनुगमनका क्रममा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डरहरु पहिले आउने उपभोक्तालाई पहिलो सेवा प्रदान गर्ने गरी बिना भेदभाव बिक्री वितरण गर्न निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले ग्यासको परिमाणमा परिमार्जन तथा फेरबदल नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न र अनावश्यक सञ्चितीकरण जस्ता क्रियाकलाप नगर्न कडा निर्देशन दिएका छन्। आगामी दिनमा उपभोक्ता हित संरक्षण विपरीतका गतिविधि गरेमा थप कानुनी कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।

अनुगमनकै क्रममा अन्य ३ वटा ग्यास डिलरहरुमा भने ग्यासको मौज्दात र भण्डारण उचित रहेको पाइएको छ। त्यस्तै, १ वटा ग्यास डिलरमा ७.१ केजी तौल भएका ३२४ थान ग्यास झार्दै गरेको अवस्थामा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: खाना पकाउने ग्यास (एलपी ग्यास)को अभाव हुँदा उपभोक्ताहरूमा मारमा परेका छन्। सर्वसाधारणहरू दिनहुँ ग्यासको खोजीमा डिलरहरू धाइरहेका छन्। काठमाडौंको बालाजुस्थित नेपाल ग्यास इन्डस्ट्रिज र टेकुस्थित नेपाल आयल निगम (एनओसी) परिसरमा ग्यास लिन आउनेहरूको लामो लाइन देखिएको छ। सर्वसाधारणले स्कुटर, मोटरसाइकल, साइकल तथा हातैले रोल गर्दै खाली ग्यास सिलिन्डर ल्याएर लाइनमा बसेका छन्। मध्यपूर्व क्षेत्रमा ...
: रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ। आज बसेको सचिवालय बैठकले पठाएको नाम निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिए। झाले आज नै निर्वाचन आयोगमा ५७ जनाको नामावली बुझाउने निर्णय भएको बताए। केन्द्रीय सचिवालयको बैठकले ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुषको नाम पठाइएको उनले बताए। झाका ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातितर्फका चार सांसदको नाम टुङ्गो लगाएको छ । आज बसेको कार्य सम्पाद समितिको वैठकले समानुपातिकका चार सांसदको नाम टुङ्ग्याएको हो । पार्टी कार्यालयमा बसेको वैठकले खस–आर्यतर्फ भरत गिरी, मुस्लिम पुरुषबाट ताहिर अली खस–आर्य महिलाबाट खुश्बु ओली र जनजाति महिलाबाट सरस्वती लामालाई समानुपातिक सांसद छनोट गरेको छ । छनोट गरिएको सूची ...
: काठमाडौंको माइतीघरमा आइतबार जेनजी समूहले प्रदर्शन गरेका छन्। उनीहरूले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तयार पारेको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन्। सरकारले भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न आयोग गठन गरेको थियो। उक्त आयोगले फागुन २४ गते आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। तर, अहिलेसम्म प्रतिवेदन सार्वजनिक नभएको ...
: सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय दिलाउन माग गर्दै रौतहटमा प्रदर्शन भएको छ । घटनाप्रति आक्रोश व्यक्त गर्दै युवाहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमा हरेक दिन प्रदर्शन गर्दै आएका छ्न् । युवाहरूले 'इनिशालाई न्याय दे', 'बलात्कारीलाई फाँसी दे', 'महिला अधिकारको रक्षा गर'लगायतका नारा लेखिएका प्लेकार्ड ...