मुख्य समाचार
पटिहानीको घट्गाईदेखि पूर्व बेलसहर वन हुँदै दुधौरासम्म आइतबारदेखि पर्यटकीय जिप सफारी सुरु
पटिहानीको घट्गाईदेखि पूर्व बेलसहर वन हुँदै दुधौरासम्म आइतबारदेखि पर्यटकीय जिप सफारी सुरु

— पटिहानीको घट्गाईदेखि पूर्व बेलसहर वन हुँदै दुधौरासम्म आइतबारदेखि पर्यटकीय जिप सफारी सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वन क्षेत्र समेटेर जिप सफारी सुरु भएको हो । निकुञ्जको पहिटानी मध्यवर्ती उपभोक्ता समिति र बेलसहर मध्यवर्ती सामुदायिक वनले यो सेवा सञ्चालन गरेका हुन् ।

घट्गाई बेलसहर दुधौरा जिप सफारी सञ्चालक समितिका संयोजक रहेका पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजन महतोले पटिहानीमा पछिल्लो समय पर्यटकीय गतिविधि राम्रो हुँदै गएको बताए । उनले यहाँ आउने पर्यटकलाई सेवा दिन र संरक्षणको लाभ समुदायमा पुर्‍याउन सफारी सुरु गरेको बताए । पटिहानीबाट २०७४ पुसमा पनि जिप सफारी सुरु भएको थियो ।

लामो समय नचलेको जिप सफारीको त्यो बेलाका कमजोरी सुधार गरेर नयाँ ढंगले काम अगाडि बढाएको महतोले बताए । पटिहानी घट्गाई क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिकै पर्छ । यहाँ विदेशी पर्यटक आएर बस्ने स्तरीय होटल, रिसोर्ट ४० को दशकमै खुलेका थिए । पछिल्ला वर्षमा यहाँ थप स्तरीय होटल विस्तार हुँदै गएका छन् । यहाँ विदेशी पर्यटक धेरै आउने गरेका छन् ।

निकुञ्जको आडमा रहेको राप्ती नदीको किनार हुँदै मध्यवर्ती वनमा जिप सफारी गर्दा गैंडा, चित्तल जस्ता जनावर र राप्तीमा घडियाल, विभिन्न चरा र बाघ पनि देख्न सकिने महतोले बताए । सफारीको जिप जंगल क्षेत्र हुँदै अगाडि बढ्छ । कुनै ठाउँमा रोकेर नदी किनारको दृश्य हेर्न सकिने सुविधा पनि पर्यटकलाई छ । झण्डै १२ किलोमिटर दुरीमा दुई घण्टा सफारी गर्न सकिने महतोले बताए ।

ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
सफारीमा जाने नेपालीले दुई सय र विदेशीले पाँच सय रुपैयाँ संरक्षण शुल्क तिर्नु पर्छ । एउटा जिपको एक पटकको प्रवेश शुल्क १ हजार रुपैयाँ छ । बिहान र साँझ गरी दुई चरणमा सफारी गर्न लागेको उनले बताए । बिहान १२ र साँझ १२ गरी दिनमा २४ पटक मात्रै जिपहरु सफारीमा जान पाउने गरेर कार्यविधि तय गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले बताए ।

होहल्ला र फोहर नगरी सफारी गर्नुपर्ने सर्त निकुञ्जको छ । एउटा जिपमा बढीमा १० जना राख्न पाइने छ । ‘संरक्षण भए मात्र पर्यटन दिगो हुन्छ । यसअघि पनि सफारी सुरु भएको थियो । त्यो किन चलेन भन्ने सोधखोज गरी सुधारका साथ फेरि सफारी सुरु भएको छ । त्यसैले संरक्षणलाई असर नपर्ने गरेर सफारी कायम राख्नु पर्ने हुन्छ,’ पन्तले भने । सफारीको पूर्वी अन्तिम विन्दु दुधौरा पर्यटकीय क्षेत्र सौराहा र खोरसोरको हात्ती प्रजनन् केन्द्रबाट नजिक नजिक पर्छ ।

निकुञ्ज र मध्यवर्ती संवेदनशील क्षेत्र हो भन्ने ख्याल राख्नुपर्ने पन्त बताउँछन् । चितवन निकुञ्ज आडका मध्यवर्ती वनहरुले जिप सफारी सञ्चालन गर्दै आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकको प्रमुख रोजाइभित्र जिप सफारी पनि पर्छ । निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका वनमा सफारी सञ्चालन हुँदै आएको छ । निकुञ्जभित्र बर्खामा सफारी बन्द भए पनि मध्यवर्ती वनहरुमा कायमै रहने गरेको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा ७९ वटा मध्यवर्ती सामुदायिक वन छन् । तीमध्ये १७ वटामा जिप सफारी सञ्चालन हुने गरेको उनले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मकवानपुर र पर्सा पर्छन् । निकुञ्ज घुम्न वर्षमा देशविदेशबाट तीन लाख पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डडेलधुरा परशुराम नजिक रहेको महाकाली नदीमा डुबेर बालकको मृत्यु भएको छ। केही दिनदेखि बढेको गर्मी छल्न साथीहरूसँग महाकाली किनारमा नुहाउन गएका बालकको मृत्यु भएको स्थानीयले जनाएको छ। जिल्लाको परशुराम नगरपालिकामा पौडी खेल्ने क्रममा महाकाली नदीमा डुबेर परशुराम नगरपालिका-६ भोरकुण्डाका धनबहादुर धामीका छोरा १२ वर्षीय योगेश धामीको मृत्यु भएको हो। साथीसँगै खोलामा पौडी खेल्न क्रममा शनिबार ...
: खाना पकाउने ग्यास (एलपी ग्यास)को अभाव हुँदा उपभोक्ताहरूमा मारमा परेका छन्। सर्वसाधारणहरू दिनहुँ ग्यासको खोजीमा डिलरहरू धाइरहेका छन्। काठमाडौंको बालाजुस्थित नेपाल ग्यास इन्डस्ट्रिज र टेकुस्थित नेपाल आयल निगम (एनओसी) परिसरमा ग्यास लिन आउनेहरूको लामो लाइन देखिएको छ। सर्वसाधारणले स्कुटर, मोटरसाइकल, साइकल तथा हातैले रोल गर्दै खाली ग्यास सिलिन्डर ल्याएर लाइनमा बसेका छन्। मध्यपूर्व क्षेत्रमा ...
: रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ। आज बसेको सचिवालय बैठकले पठाएको नाम निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिए। झाले आज नै निर्वाचन आयोगमा ५७ जनाको नामावली बुझाउने निर्णय भएको बताए। केन्द्रीय सचिवालयको बैठकले ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुषको नाम पठाइएको उनले बताए। झाका ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातितर्फका चार सांसदको नाम टुङ्गो लगाएको छ । आज बसेको कार्य सम्पाद समितिको वैठकले समानुपातिकका चार सांसदको नाम टुङ्ग्याएको हो । पार्टी कार्यालयमा बसेको वैठकले खस–आर्यतर्फ भरत गिरी, मुस्लिम पुरुषबाट ताहिर अली खस–आर्य महिलाबाट खुश्बु ओली र जनजाति महिलाबाट सरस्वती लामालाई समानुपातिक सांसद छनोट गरेको छ । छनोट गरिएको सूची ...
: काठमाडौंको माइतीघरमा आइतबार जेनजी समूहले प्रदर्शन गरेका छन्। उनीहरूले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तयार पारेको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन्। सरकारले भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न आयोग गठन गरेको थियो। उक्त आयोगले फागुन २४ गते आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। तर, अहिलेसम्म प्रतिवेदन सार्वजनिक नभएको ...