मुख्य समाचार
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बेवारिसे शव फेला
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बेवारिसे शव फेला

— उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बेवारिसे शव फेला परेको छ ।

जडीबुटीसहितको झोला साथमा रहेको अपरिचित मानिस मृत फेला परेको प्रहरीले जनाएको छ ।

बेल्टार बजारको बसपार्कस्थित सार्बजनिक विश्रामघरमा एक युवक मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको हो ।

मृतकको आफन्त र चिनजानका मानिसको खोजी भइरहेको छ । शव जिल्ला अस्पताल उदयपुर लगिएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातितर्फका चार सांसदको नाम टुङ्गो लगाएको छ । आज बसेको कार्य सम्पाद समितिको वैठकले समानुपातिकका चार सांसदको नाम टुङ्ग्याएको हो । पार्टी कार्यालयमा बसेको वैठकले खस–आर्यतर्फ भरत गिरी, मुस्लिम पुरुषबाट ताहिर अली खस–आर्य महिलाबाट खुश्बु ओली र जनजाति महिलाबाट सरस्वती लामालाई समानुपातिक सांसद छनोट गरेको छ । छनोट गरिएको सूची ...
: काठमाडौंको माइतीघरमा आइतबार जेनजी समूहले प्रदर्शन गरेका छन्। उनीहरूले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तयार पारेको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन्। सरकारले भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न आयोग गठन गरेको थियो। उक्त आयोगले फागुन २४ गते आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। तर, अहिलेसम्म प्रतिवेदन सार्वजनिक नभएको ...
: सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय दिलाउन माग गर्दै रौतहटमा प्रदर्शन भएको छ । घटनाप्रति आक्रोश व्यक्त गर्दै युवाहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमा हरेक दिन प्रदर्शन गर्दै आएका छ्न् । युवाहरूले 'इनिशालाई न्याय दे', 'बलात्कारीलाई फाँसी दे', 'महिला अधिकारको रक्षा गर'लगायतका नारा लेखिएका प्लेकार्ड ...
: धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका अन्दाजी २८ वर्षीय इन्द्रदेव महतो रहेको प्रहरीले जनाएको छ । आइतबार बर्दिवास–सिन्धुली सडकखण्ड अन्तर्गत पर्ने धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा सिन्धुलीतर्फ जाँदै गरेको मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश–२–०२–००३ प ४४७१ नम्बरको मोटरसाइकल ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन हुन अझै १० दिन जति समय लाग्न सक्ने बताएको छ । रास्वपा प्रवक्ता मनिष झाले पार्टीले आज निर्वाचन आयोगलाई समानुपातिक सांसदको सूची बुझाउने तयारी रहेको समेत जानकारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग छलफल गर्दै प्रवक्ता झाले समानुपातिक सांसद र अन्य विविध विषय टुङ्गो लगाउन पार्टीको ...