मुख्य समाचार
अदालतको अवहेलनामा बस्नेतसँग सर्वोच्चले माग्यो लिखित जवाफ
अदालतको अवहेलनामा बस्नेतसँग सर्वोच्चले माग्यो लिखित जवाफ

— सर्वोच्च अदालतले एमाले सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्दै र उपस्थित हुन आदेश गरेको हो ।

अधिवक्ता लबन न्यौपानेले बस्नेतविरुद्ध गत बुधबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्चमा न्यायाधीशलाई लक्षित गर्दै विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।

प्रेस चौतारी नेपालले माघ ११ गते गरेको कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीशज्यूहरू लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीशज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भनी अभिव्यक्ति दिएको रिट निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन हुन अझै १० दिन जति समय लाग्न सक्ने बताएको छ । रास्वपा प्रवक्ता मनिष झाले पार्टीले आज निर्वाचन आयोगलाई समानुपातिक सांसदको सूची बुझाउने तयारी रहेको समेत जानकारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग छलफल गर्दै प्रवक्ता झाले समानुपातिक सांसद र अन्य विविध विषय टुङ्गो लगाउन पार्टीको ...
— घरबाटै बेपत्ता भएका सल्यानको दार्मा गाउँपालिका–६ भुर्तिबाङ्गका २६ वर्षीय का बालकृष्ण चन्द एक सातापछि मृत अवस्थामा फेला परेका छन् । घरबाट बेपत्ता भएका चन्द कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा मृत अवस्थामा फेला परेका हुन्। चन्दको शव सडेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए । मोबाइलबाट चन्दको शवको पहिचान ...
: इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आइतबार विहान हेटौंडामा रहेको विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरुले प्रर्दशन गरेका हुन । nullप्रर्दशनका क्रममा हत्यारालाई कारवार्ही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर भन्दै नारा लगाइएको थियो । प्रदर्शनमा हेटौंडा क्याम्पसको नेतृत्व अखिल नेपाल राष्ट्रिय ...
— संयुक्त अरब इमिरेट्स (यूएई) मा विकसित सुरक्षा परिस्थितिकाबीच अबुधाबीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह फैलाउने, भ्रामक टिप्पणी गर्ने तथा सुरक्षा अवस्थाबारे भ्रम सिर्जना हुने फोटो र भिडियो पोस्ट नगर्न आग्रह गरेको छ। दूतावासले आइतबार जारी गरेको ‘एडभाइजरी-३’ मा यस्ता गतिविधि यूएईको कानुनविपरीत हुने भएकाले त्यसबाट टाढा रहन नेपालीहरूलाई सचेत गराइएको छ। दूतावासका ...
: सामुदायिक वनमा हुने डढेलो नियन्त्रणका लागि रसुवामा विशेष अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको सहकार्यमा सचेतनामूलक र्‍याली र कोणसभा गरी डढेलो नियन्त्रणबारे जनचेतना अभिवृद्धि गराइएको हो। र्‍यालीमा प्रहरी तथा सुरक्षाकर्मीहरू,नागरिक समाज,सञ्चारकर्मी,उपभोक्ताहरू सहभागी थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी, जिल्ल समन्वय ...