मुख्य समाचार
रामेछापका बजारमा पनि आधा सिलिन्डर ग्यास वितरण
रामेछापका बजारमा पनि आधा सिलिन्डर ग्यास वितरण

— रामेछापका बजारमा पनि आधा सिलिन्डर ग्यास वितरण थालिएको छ। शुक्रबरसम्म पूरा सिलिन्डर ग्यास खरिद गरिरहेका उपभोक्ताहरू शनिबारदेखि भने आधा सिलिन्डरमै सीमित हुन् बाध्य भएका छन्, त्यो पनि महँगो मूल्य तिरेर।

नेपाल आयल निगमले भने अहिलेसम्म आयातमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ। ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले शुक्रबारदेखि आधा सिलिन्डर बिक्री वितरणको व्यवस्था लागू गरेपछि पूरै किन्दाको भन्दा महंगो परेको स्थानीय बताउँछन्।

मन्थलीका गोविन्द हायुले मन्थली बजारमा ग्यासका लागि अहिलेसम्म लाइन बस्नु नपरे पनि उपभोक्ताले माग अनुसार भने ग्यास पाउन नसकेको बताए । आधा सिलिन्डर ग्यासको व्यवस्था गरिए पनि त्यसले समस्या समाधानभन्दा उपभोक्तामाथि थप आर्थिक भार र सास्ती थपेको रामेछाप नगरपालिका–८ का लेखबहादुर विकको भनाइ छ।

उनले भने, 'अहिले बजारमा आधा सिलिन्डर ग्यास मात्र पाइन थालेको छ। यसले उपभोक्तालाई झन् महँगो पनि परेको छ र सास्ती पनि थपिएको छ।'

रामेछापमा भने ग्यास आपूर्तिमा खासै समस्या नरहेको मन्थलीका व्यवसायी राजु थापाको दाबी छ। उनका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध भइरहेको छ । उनले भने, 'रामेछापमा खासै ग्यासको अभाव छैन। आयल निगमले पर्याप्त मात्रामा ग्यास उपलब्ध गराइरहेको छ। अहिले इन्धन र ग्यासको हाहाकार भयो भन्ने भ्रम फैलाएर आधा सिलिन्डर प्रणाली लागू गरिएको जस्तो देखिन्छ।'

थापाका अनुसार प्रत्येक घरमा दुई वटा जति ग्यास सिलिन्डर राख्नु सामान्य भए पनि केही उपभोक्ताले पाँच वटासम्म सिलिन्डर राखेर स्टक गर्दा बजारमा अभाव भएको जस्तो देखिने समस्या सिर्जना भएको हो।

आयल निगमको निर्णयअनुसार अहिले ७.१ किलोको आधा सिलिन्डर ग्यास १ हजार १०० रुपैयाँमा बिक्री भइरहेको उनले बताए। उनका अनुसार, 'पहिला पूरा सिलिन्डर ग्यास २ हजार रुपैयाँमा पाइन्थ्यो। अहिले आधा सिलिन्डरकै १ हजार १०० रुपैयाँ पर्छ, त्यसैले पुरानो मूल्यको तुलनामा उपभोक्तालाई केही महँगो परेको छ।'

थापाले पछिल्लो समय ग्यासको बिक्री बढेको बताए। उनका अनुसार अहिले उनले अघिल्लो महिनाको तुलनामा करिब ६०० बढी सिलिन्डर ग्यास बिक्री गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य मुना राईलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। एमालेले मुना राईमाथि गरेको उक्त कारबाहीपछि सामाजिक सञ्जालमा एमाले साँगुरीगढी गाउँपालिका कमिटीका नाममा गत निर्वाचनमा काटिएको नगदी रसिद चर्चाको विषय बनेको ...
— वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् । परिवारको जाहेरीपछि बाँकेको ...
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन् । चालु आर्थिक वर्षको माघसम्म काार्यलयमा ९ सय ७६ थान उजुरी परेका छन् । तीमध्ये ६ सय ३३ थान स्थानीय तहसँग सम्बन्धित उजुरी छन् । १२ जिल्ला कार्यक्षेत्र रहेको हेटौंडा कार्यालयमा चालु आर्थिक वर्षको माघसम्म दर्ता भएका ९७६ उजुरी ...
— बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी सिलिन्डर लुकाउने पोखराको एक फर्मलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजारमा ग्यासको अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा कैफियत भेटिएपछि शनिबार उक्त कारबाही गरेको हो । पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको ...
— प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ चार सिट प्राप्त गरेको श्रम संस्कृति पार्टीभित्र सांसद बन्ने आकांक्षीको संख्या बढेपछि आन्तरिक बहस र विवाद चर्किएको छ। सीमित सिट र बढ्दो दाबीका बीच पार्टीका दुई उम्मेदवारले भने स्वैच्छिक रूपमा आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार जीवन विष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम ...