— कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लंघनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ ।
अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि-२०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।