— इन्टर मिलानको खराव लय शनिबार पनि कायम रह्यो र इटालीको सिरी ए मा एटलान्टासँग १–१ को बराबरीमा रोकियो ।
नेपोलीले भने लेचेमाथि २–१ को जित निकालेको छ । सानसिरोमा भएको खेलमा इन्टरले पिओ इस्पासिटोको गोलले अग्रता लिएको थियो ।
खेलको अन्त्यतिर निकोला क्रास्टिभिचले एटलान्टाका लागि बराबरी गोल फर्काए । युभेन्ट्स भने युडिनेजीमाथि १–० को जित रच्न सफल रह्यो । यस्तै टुरिनोले पार्मालाई ४–१ ले पराजित गर्यो ।
इन्टर ६८ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि एसी मिलानको ६०, नेपोलीको ५९ र युभेन्ट्सको ५३ अंक रहेको छ ।