मुख्य समाचार
ए डिभिजन लिग : दर्ताका लागि १३ क्लबलाई मात्रै पत्र, थ्रीस्टार र एपीएफको मान्यता प्रष्ट भएन
ए डिभिजन लिग : दर्ताका लागि १३ क्लबलाई मात्रै पत्र, थ्रीस्टार र एपीएफको मान्यता प्रष्ट भएन

। अखिल नेपाल फुटबल संघ एन्फाले आगामी चैत ३० गतेदेखि सुरु गर्ने भनिएको शहीद स्मारक ए डिभिजन लिगमा टिम दर्ता गर्न १३ क्लबलाई मात्र पत्र पठाएको छ ।

ए डिभिजन लिगमा १४ क्लब हुने व्यवस्था रहेपनि एपीएफ एफसी र थ्री स्टार क्लब मध्ये कसलाई ए डिभिजनको मान्यता दिने भन्ने विषय स्पष्ट नहुँदा एन्फाले १३ क्लबलाई मात्र टिम, खेलाडी, अफिसियल दर्ताको लागि पत्र पठाएको हो ।

ए डिभिजन क्लबकै हैसियतमा हाल राष्ट्रिय लिग खेलिरहेको एपीएफ र उच्च अदालत पाटनबाट ए डिभिजन क्लबको मान्यता रहने आदेश पाएको थ्री स्टार क्लब दुवैलाई भने एन्फाले पत्राचार गरेको छैन ।

एन्फा महासचिव किरण राईको हस्ताक्षर रहेको पत्रमा ए डिभिजनका १३ क्लबलाई संयुक्त रुपमा सम्बोधन गरिएको छ ।

यसअघि एन्फाले एपीएफलाई ए डिभिजनको हैसियता दिँदा थ्री स्टार बी डिभिजनमा घटुवा भएको थियो । तर थ्री स्टार यस विषयलाई लिएर ए डिभिजनको मान्यता पाउनुपर्ने भन्दै पाटन अदालत पुगेपछि अदालतले थ्री स्टारको पक्षमा फैसला गरेको छ ।

थ्री स्टार क्लबले केही दिनअघि एन्फा पुगेर आफूले ए डिभिजन लिगको मान्यतासहित एन्फा निर्वाचनमा मताधिकार समेत पाउनुपर्ने माग राखेको छ ।

त्यसैले एन्फाले अहिले तत्कालका लागि यो विषयलाई होल्ड गरेर १३ क्लबलाई मात्र ए डिभिजन लिगको लागि टिम दर्ता गर्न पत्र पठाएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

‘यो विषय होल्डमा भएकोले अहिलेलाई १३ क्लबलाई पनि टिम दर्ताको फरम पठाएको हो ।’ उनले भने ।

एन्फाको कानुनी सल्लाहकारसँग यो विषयमा सुझाव लिएपछि मात्रै कुन क्लबको स्ट्याटस के हुने भनेर निर्णय गरिने शाहले जानकारी दिए ।

‘अदालतले एउटा क्लबको पक्षमा फैसला गरेपनि एन्फाको आफ्नै लिगल कमिटीहरु छ । अदालतले पनि कसको स्ट्याटस के हुने भनेर तिमीहरु छलफल गर भनेको छ, शाहले भने, ‘यस विषयमा के ह र कसरी अघि बढ्ने भनेर एन्फा कानुनी सल्लाहकारलाई पठाएका छौँ । उनीहरुको राय सुझाव आएपछि निर्णय हुनेछ ।’

चैत ३० गते उद्घाटन गर्ने गरी मिति तोकिएको ए डिभिजन लिगमै १४ क्लबनै सहभागि हुने प्रवक्ता शाहले बताए । ‘अहिले तत्काल यो क्लबले खेल्छ भनेर भन्न मिल्ने अवस्था छैन । तर केही दिनमा यो विषयमा निर्णय हुनेछ र ए डिभिजन लिगमा १४ क्लबले नै खेल्नेछ ।’

एन्फाले पछिल्लो दुई सिजन ए डिभिजन लिग आयोजना गर्न नसकेपछि धेरै आलोचना हुँदै आएको थियो । यस वर्ष पनि पुषमा ए डिभिजन लिग गर्ने भनेर क्यालेन्डरमै समावेश भएपनि एन्फाले आफ्नै निर्णय कार्यान्वयन गर्न सकेन ।

यसलाई लिएर नेपाल फुटबल खेलाडी संघल आन्दोलनमै उत्रिदै एन्फा मुख्यालयमा ताला नै लगाउने अवस्था पुगेपछि एन्फाले खेलाडी संघसँग सहमति गर्दै चैत ३० गते ए डिभिजन लिगको उद्घाटन गर्ने र २०८३ वैशाख २० गतेदेखि लिगलाई निरन्तरता दिने घोषणा गरेको हो ।

तोकिएकै समयमा लिग सुरु हुनेमा ए डिभिजन क्लबहरुले नै शंका गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम