मुख्य समाचार
घर लिप्ने माटो खन्न गएकी रोल्पाकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते
घर लिप्ने माटो खन्न गएकी रोल्पाकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते

: घर लिप्ने माटो खन्न गएकी रोल्पाकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ खाक्सीबनकी वर्ष ४९ की निर्मला बुढाथोकीको मृत्यु भएको हो ।


वर्ष २८ की एलिना पुन, वर्ष ३८ की शान्ति पुन र वर्ष ४९ की पार्वती पुन घाइते भएका छन् । घाइते सबैको अवस्था मध्यम रहेको जनाइएको छ । उनीहरुको निधार, ढाड र कम्मरमा चोट छ । घाईते तीनैजनाको होलेरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


मोतिखन्ने डाँडामा ७ जना माटो खन्न गएका थिए । तीन जना भने सकुशल छन् ।


गहिरो र सुरुङ जस्तो खाल्दोमा माटो खन्दै गर्दा ढिस्को खसेर निर्मला पुरिएकी थिइन । माटोले पुरिएको खबर दिउँसो १२ः३० बजे प्रहरीलाई खबर पुगेको थियो । घटनाको सूचना लगत्तै इलाका प्रहरी कार्यालय होलेरीबाट ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएकी निर्मलालाई माटो पन्छाई निकाल्दा मृत अवस्थामा फेला परेकी थिएन । मृतकको रेउघा अस्पतालमा पोस्टमार्टम गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र डिजेल–पेट्रोलको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने बताएको छ । महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेले कालोबजारी गर्ने कसैलाई पनि उन्मुक्ति नहुने बताएका हुन् । ‘ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिनिधिसभा निर्वाचनको गम्भीर समीक्षा गरेर दृढतापूर्वक जनताको पक्षमा उभिनु नै अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार नेकपा एमाले अर्घाखाँची–रूपन्देही सम्पर्क मञ्चको बुटवलमा आयोजना गरेको बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले यस्तो बतएका हुन् । उनले संगठन परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुको विकल्प नभएको ...
। भर्खरै जेलबाट छुटेका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को ठमेलमा भव्य स्वागत भएको छ । ज्यान मार्ने उद्योगको कसुरमा डिल्लीबजार कारागारबाट कैद काटेर बुधवार छुटेका मनाङे शनिबार ठमेल पुगेका थिए । जेलबाट छुटेका मनाङे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा भव्य स्वागत गरेका हुन् । एक समय मनाङे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा ...
: पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् । २०४८ सालयताको हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै ...
। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् । ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं,’ प्रवक्ता चालिसेले फेसबुक मार्फत भनेका छन्, ‘बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो ।’ फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा ...