मुख्य समाचार
अमेरिकी सरकारले इरानी सैन्य कमाण्डर र उच्चपदस्थ नेताहरूको सूचना दिनेलाई पुरस्कारकाे घोषणा
अमेरिकी सरकारले इरानी सैन्य कमाण्डर र उच्चपदस्थ नेताहरूको सूचना दिनेलाई पुरस्कारकाे घोषणा

: अमेरिका र इरानबीचको तनाव चरम सीमामा पुगेका बेला अमेरिकी सरकारले इरानी सैन्य कमाण्डर र उच्चपदस्थ नेताहरूको सूचना दिनेलाई पुरस्कारकाे घोषणा गरेको छ। अमेरिकाले इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स'का मुख्य नेताहरूको बारेमा जानकारी दिने जो कोहीलाई १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड नेपाली रुपैयाँ) सम्मको पुरस्कार दिने घोषणा गरेको हो।


अमेरिकी विदेश मन्त्रालयद्वारा जारी गरिएको सूचनामा कुल १० जनाको नाम उल्लेख गरिएको छ। जसमध्ये ६ जनाको नाम र तस्बिर सार्वजनिक गरिएको छ। यस सूचीमा सबैभन्दा ठूलो नाम इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी को रहेको छ। सूचीमा रहेका अन्य प्रमुख व्यक्तिहरूमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानी पनि रहेका छन् । लारी केही दिनअघि इरानमा भएको अमेरिकाविरोधी प्रदर्शनमा देखिएका थिए । त्यस्तै, मेजर जनरल रहिम सफावी, अलि अस्गर हेजाजी र अन्य सैन्य कमाण्डरहरू सहित कुल १० जनालाई अमेरिकाले आफ्नो मुख्य निसानामा राखेको छ।


यसअघि अमेरिकाले इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनी को हत्या गरेपछि दुई देशबीच युद्धको जारी छ। अमेरिकाले अहिले पनि बाँकी रहेका प्रमुख इरानी नेताहरूको खोजी र उनीहरूमाथि कारबाही गर्ने प्रयासलाई तीव्रता दिइरहेको छ।

अमेरिकाको दाबी अनुसार यी नेताहरूले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स मार्फत विश्वभर आतंकवादी गतिविधि सञ्चालन गर्ने र अमेरिकी सैन्य आधार इलाकामा आक्रमण गर्ने योजना बुन्दै आएका छन्। इरानले भने अमेरिकी कदमलाई 'अन्तर्राष्ट्रिय अपराध' भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम