मुख्य समाचार
कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह
कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् ।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।

आफूहरूले थापालाई मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण राजीनामा नदिन आग्रह गरेको रसाइलीले जानकारी दिए ।

‘यस्तो बेलामा पार्टीलाई पनि निकास दिन र १५ औं महाधिवेशन गर्न तपाईंको नेतृत्व जरूरी छ । राजीनामा नदिनुस् भन्यौ,’ उनले भने ।

निर्वाचनमा हारजित स्वाभाविक भएको र मतदाताले झुक्किएर मत र मन परिवर्तन गर्नुलाई अन्यथा लिन नहुने उनीहरूको भनाइ छ ।

‘संसदीय व्यवस्थामा निर्वाचनमा हारजित भइहाल्न्छ । मतदाताले कहिलेकाहीँ झुक्केर पनि मन र मत परिवर्तन गर्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन भन्यौं,’ सहमहामन्त्री रसाइलीले भने ।

सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, बिष्णु पाण्डे, सीता मिजारसहित तीन दर्जन केन्द्रीय सदस्यहरू गएका उनले बताए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्रतिकूल परिणाम आएपछि कांग्रेसमा सभापति थापाले राजीनामा दिनुपर्ने स्वरहरू सुनिन थालेका छन् ।

उनले पनि केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र डिजेल–पेट्रोलको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने बताएको छ । महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेले कालोबजारी गर्ने कसैलाई पनि उन्मुक्ति नहुने बताएका हुन् । ‘ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिनिधिसभा निर्वाचनको गम्भीर समीक्षा गरेर दृढतापूर्वक जनताको पक्षमा उभिनु नै अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार नेकपा एमाले अर्घाखाँची–रूपन्देही सम्पर्क मञ्चको बुटवलमा आयोजना गरेको बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले यस्तो बतएका हुन् । उनले संगठन परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुको विकल्प नभएको ...
। भर्खरै जेलबाट छुटेका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को ठमेलमा भव्य स्वागत भएको छ । ज्यान मार्ने उद्योगको कसुरमा डिल्लीबजार कारागारबाट कैद काटेर बुधवार छुटेका मनाङे शनिबार ठमेल पुगेका थिए । जेलबाट छुटेका मनाङे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा भव्य स्वागत गरेका हुन् । एक समय मनाङे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा ...
: पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् । २०४८ सालयताको हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै ...
। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् । ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं,’ प्रवक्ता चालिसेले फेसबुक मार्फत भनेका छन्, ‘बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो ।’ फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा ...