मुख्य समाचार
धादिङ जिल्लामा १२ हजार २ सय मत बदर
धादिङ जिल्लामा १२ हजार २ सय मत बदर

: जिल्ला निर्वाचन कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लामा १२ हजार २ सय मत बदर भएका छन् । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ उल्लेख्य संख्यामा मत बदर भएको देखिएको छ ।


कार्यालयका अनुसार प्रत्यक्षतर्फ धादिङ क्षेत्र नम्बर–१ मा ३ हजार १ सय ५२ मत बदर भएका छन् भने धादिङ क्षेत्र नम्बर–२ मा ३ हजार ८ सय ५० मत बदर भएको छ । त्यसैगरी समानुपातिकतर्फ क्षेत्र नम्बर–१ मा २ हजार ३ सय ५५ र क्षेत्र नम्बर–२ मा २ हजार ८ सय २० मत बदर भएका छन् । यी सबै जोड्दा जिल्लाभर १२ हजार २ सय मत बदर भएको तथ्यांकले देखाएको छ ।


यस निर्वाचनमा धादिङ जिल्लामा कुल ५७ दशमलव २६ प्रतिशत मत खसेको थियो । मतपत्रमा एकभन्दा बढी चिन्ह लगाउने, गलत स्थानमा छाप लगाउने तथा मत हाल्ने तरिका नबुझ्ने जस्ता कारणले धेरै मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । तथ्यांकअनुसार क्षेत्र नम्बर १ मा १ लाख ४६ हजार २ सय ४८ मतदाता रहेकामा ५४ हजार २ सय ७३ मत खसेको थियो।



तीमध्ये ५ हजार ३ सय ५७ मत बदर भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ४५ हजार २ सय ५७ मतदाता रहेकामा ६३ हजार ८ सय ७० मत खसेको थियो । तीमध्ये ६ हजार ८ सय ५० मत बदर भएको तथ्यांकले देखाएको छ । क्षेत्र नम्बर १ अन्तर्गत प्रत्यक्षतर्फ १ लाख ३४ हजार ६६८ मतदाता रहेकामा ५४ हजार १६ मत खसेको थियो। तीमध्ये ५० हजार ५४९ मत सदर भएका छन् । त्यस्तै समानुपातिकतर्फ ५४ हजार २ सय ७ मत खसेकामा ५२ हजार ४८७ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ अन्तर्गत प्रत्यक्षतर्फ १ लाख २८ हजार ४४४ मतदाता रहेकामा ७३ हजार ६ सय ९१ मत खसेको थियो । तीमध्ये ६६ हजार ५४१ मत सदर भएको छ । समानुपातिकतर्फ १ लाख ४१ हजार ४२२ मतदाता रहेकामा ७४ हजार २ सय ४७ मत खसेको र त्यसमध्ये ७१ हजार ७६७ मत सदर भएको तथ्यांकमा उल्लेख छ । निर्वाचनलाई व्यवस्थित बनाउन जिल्ला निर्वाचन कार्यालयले स्वयंसेवक परिचालन गर्दै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको भए पनि अपेक्षा गरेअनुसार मत बदरको संख्या घट्न नसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र डिजेल–पेट्रोलको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने बताएको छ । महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेले कालोबजारी गर्ने कसैलाई पनि उन्मुक्ति नहुने बताएका हुन् । ‘ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिनिधिसभा निर्वाचनको गम्भीर समीक्षा गरेर दृढतापूर्वक जनताको पक्षमा उभिनु नै अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार नेकपा एमाले अर्घाखाँची–रूपन्देही सम्पर्क मञ्चको बुटवलमा आयोजना गरेको बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले यस्तो बतएका हुन् । उनले संगठन परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुको विकल्प नभएको ...
। भर्खरै जेलबाट छुटेका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को ठमेलमा भव्य स्वागत भएको छ । ज्यान मार्ने उद्योगको कसुरमा डिल्लीबजार कारागारबाट कैद काटेर बुधवार छुटेका मनाङे शनिबार ठमेल पुगेका थिए । जेलबाट छुटेका मनाङे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा भव्य स्वागत गरेका हुन् । एक समय मनाङे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा ...
: पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् । २०४८ सालयताको हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै ...
। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् । ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं,’ प्रवक्ता चालिसेले फेसबुक मार्फत भनेका छन्, ‘बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो ।’ फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा ...