मुख्य समाचार
पोर्चुगलस्थित नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई यहाँ पनि मान्यता दिन औपचारिक प्रस्ताव
पोर्चुगलस्थित नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई यहाँ पनि मान्यता दिन औपचारिक प्रस्ताव

। पोर्चुगलस्थित नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई यहाँ पनि मान्यता दिन औपचारिक प्रस्ताव गरेको छ । बिहीबार नेपाली राजदूतावासका प्रतिनिधि र पोर्चुगलको यातायात संस्थानका विभाग प्रमुखबीच यस विषयमा छलफल भएको हो ।

पोर्चुगलको राजधानी लिस्वनस्थित पोर्चुगल सरकारको यातायात संस्थान (आइएमटी) को कार्यालयमा भएको दुईपक्षीय भेटवार्तामा नेपाली दूतावासका तर्फबाट नियोग उपप्रमुख शत्रुध्वन पोखरेल र प्रथम सचिव रामबाबु नेपाल र पोर्चुगलको यातायात संस्थानको सवारी चालक अनुमतिपत्र विभागका प्रमुख सुसाना पाउलिनो सहभागी थिए ।

भेटवार्तामा नेपालको सवारी चालक अनुमति पत्रवाहक नेपाली नागरिकलाई पोर्चुगिज सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजिकरण गर्ने विषयमा छलफल भएको छ । नेपाली लाइसेन्सका आधारमा पोर्चुगलको ड्राइभिङ लाइसेन्स प्राप्त गर्नसकिने कानुनी आधार र व्यवहारिकतामा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासका नियोग उपप्रमुख पोखरेलले नेपालले स्मार्ट लाइसेन्स प्रचलनमा ल्याएको जानकारी यहाँको यातायात विभागसँग नभएको बताए । भेटमा विभागका प्रमुख पाउलिनोले नेपालमा स्मार्ट लाइसेन्स प्रचलनमा भएको भए थप सजिलो हुने कुरा राखेको उनले बताए ।

पोर्चुगलको ड्राइभिङ लाइसेन्स नेपालमा मान्य हुने र ‘कन्भर्ट’ पनि गर्ने गरी समेत आवश्यक तयारी गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ ।
‘नेपाली ड्राइभिङ लाइसेन्सले पोर्चुगलमा मान्यता पाउन के के कानुन संशोधन गर्नुपर्ने हुन्छ र अन्य के तयारी गर्नुपर्छ हामी इमेल गर्छौँ भन्ने प्रतिक्रिया विभाग प्रमुखले हामीलाई दिनुभयो,’ पोखरेलले अनलाइनखबरसँग भने, ‘नेपालमा स्मार्ट लाइसेन्स रहेको जानकारी पनि दियौँ । थप सहज हुने अपेक्षा हामीले गरेका छौँ ।’

पोर्चुगलको ड्राइभिङ लाइसेन्स नेपालमा मान्य हुने र ‘कन्भर्ट’ पनि गर्ने गरी समेत आवश्यक तयारी गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ । ‘आजको भोलि नै कार्यान्वयनमा जान त सक्दैन । तर सकारात्मक नतिजा आउनेमा हामी विश्वस्त भएर फर्केका छौँ’, पोखरेलले भने ।

भारतको सवारी चालक अनुमति पत्रलाई भने पोर्चुगलको यातायात विभागले ‘कर्न्भट’ गर्दै आएको छ । दुई वर्ष अघिसम्म नेपालको लाइसेन्स पनि कर्न्भट हुने गरेकामा त्यसयता बन्द छ । त्यसबारे नेपाली समुदायले आवाज उठाउदै आएका छन् ।

गैर आवासिय नेपाली संघ (एनआरएन) पोर्चुगलका अध्यक्ष बमबहादुर जिसीले पहिला जस्तै लाइसेन्समा सहज हुने अपेक्षा गरेका छन् । ‘पहिला नेपाली लाइसेन्स हुनेले यहाँ लिखित परीक्षा दिइरहनुपर्दैन थियो, सिधै प्रयोगात्मक परिक्षा पास गरेपछि यहाँको ड्राइभिङ लाइसेन्स प्राप्त हुन्थ्यो,’ उनले भने, ‘नेपाली दूतावास यस विषयमा गम्भिरताका साथ अगाडि बढ्ने हो भने सकारात्मक नतिजा मिल्नेछ ।’

के कारण हुँदैन ‘कन्भर्ट’ ?

पोर्चुगल सडक यातायातसम्बन्धी भियना महासन्धि (सन् १९६८) को हस्ताक्षरकर्ता राष्ट्र हो । तर नेपाल यो सन्धिमा छैन । यसमा रहेको सडक, ट्राफिक नियम र चिन्हहरू, सवारी दर्ताको मापदण्डमा नेपाल पर्दैन । भियाना सदस्य राष्ट्रहरूबीच सवारी चालक अनुमतिपत्रलाई मान्यता दिइन्छ । तथापि, नियम र समय–सीमाका आधारमा यहाँ आउने पर्यटक वा बासिन्दालाई फरक नीति तर्जुमा गरिएको छ ।

पर्यटक र अल्पकालीन आगन्तुकहरूका लागि भियना महासन्धि वा जेनेभा महासन्धि (सन् १९४९) का सदस्य राष्ट्रहरूको वैध विदेशी सवारी चालक अनुमतिपत्रसहित पोर्चुगलमा १८५ दिनसम्म सवारी चलाउन पाइन्छ । यो मापदण्ड भएपनि नेपाली ड्राइभिङ लाइसेन्स भएकाले सवारी चलाएमा यहाँ अपराध नै हुन्छ ।

पोर्चुगल सडक यातायातसम्बन्धी भियना महासन्धि (सन् १९६८) को हस्ताक्षरकर्ता राष्ट्र हो । तर नेपाल यो सन्धिमा छैन ।
नेपाल जस्तै कयौ देशको ड्राइभिङ लाइसेन्सका लागि भने यहाँ केही फरक व्यवस्था भएको छ । विदेशी सवारी चालक अनुमतिपत्र ‘कन्भर्ट’ गर्नका लागि पछिल्लो १५ वर्षभित्र जारी भएको वैध सवारी चालक अनुमतिपत्र, वैध राहदानी, पोर्चुगलमा बसोबासको प्रमाण, पोर्चुगिज कर पहिचान नम्बर, इलेक्ट्रोनिक चिकित्सा प्रमाणपत्र, पोर्चुगिज प्रहरी रिपोर्ट आवश्यक पर्छ । पोर्चुगिज भाषा बाहेकका कागजपत्रहरूलाई वकिलमार्फत् अनुवाद गराइ दुवै देशको आधिकारिक निकायबाट प्रमाणित गराएको हुनुपर्ने छ । नेपाली ड्राइभिङ लाइसेन्स पोर्चुगलमा रूपान्तरण हुँदा पनि प्रयोगात्मक परीक्षा भने अनिवार्य रूपमा दिनुपर्ने हुन्छ ।

के फाइदा मिल्छ ?

मुख्यत: नेपाली लाइसेन्सले पोर्चुगलमा मान्यता पाउने वितिक्कै नेपालीहरुलाई यातायातका साधान चलाउनका लागि अधिकार मिल्ने छ । नेपालको लाइसेन्स तीन वर्ष भन्दा बढी पुरानो भएमा लाइसेन्सनको परिक्षणकाल समाप्त भएको हुने छ ।

नेपाली लाइसेन्सलाई यहाँ ‘कन्भर्ट’ गर्दा लाइसेन्स जारी मिति नेपालकै रहने भएकोले लाइसेन्सको मिति पुरानो गणना हुने छ । जसले गर्दा बीमा रकम कम पर्ने छ । यहाँका सार्वजनिक यातायातका ‘प्लेटफम’ उबर, बोल्ट, ग्लोबो लगायतका कम्पनीसंग आवद्ध भएर स्वरोजगारको यात्रा सुरु हुन्छ ।

पोर्चुगलमा अस्थायी बसोवास गर्नेहरूले पनि ड्राइभिङ स्कुल भर्ना भएर लाइसेन्स निकाल्न सक्छन् । तर त्यसको समाधावधी ६ महिना भन्दा बढी हुन्छ । तोकिएको समय स्कुल पढेर बल्ल लाइसेन्सको परीक्षामा सहभागिता जनाउन सक्छन् । यहाँका ड्राइभिङ स्कुल भर्ना भएर नियमित उत्तीर्ण हुनेहरूले पनि छिट्टोमा ६ महिनादेखि ८ महिनामा सवारी चालक अनुमती पत्र निकाल्न सक्छन् । जसले गर्दा सवारी साधनमा आश्रित भएर स्वरोजगार गर्न चाहानेहरूलाई छेकेको अर्जुन अर्याल बताउछन् । उनले हज्जारौं नेपालीहरू ड्राइभिङ लाइसेन्सका कारण मारमा परेको गुनासो गरे ।

खर्चका हिसावले पनि नेपाली लाइसेन्सले मान्यता पाउने वा यहाँ कर्न्भट हुने अवस्था बने नेपालीलाई ठुलो राहत मिल्ने उनको तर्क छ । ड्राइभिङ स्कुल भर्ना भएर यहाँको लाइसेन्स पाउदासम्म झण्डै १५ सय युरो (नेपाली २ लाख ४० हजार) खर्च भइसकेको हुन्छ । ‘प्रयोगात्मक परीक्षा दिएर यहाँको लाइसेन्स लिन मिल्ने अवस्था भयो मात्रै भने पनि नेपालीहरूको लाखौँ रुपैयाँ बचत हुने छ,’ अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...
। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक ...
। कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर उनको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकको रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । उनका अनुसार घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ...
। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ ...