मुख्य समाचार
इरानको 'मुटु' मानिने खार्ग टापुमा आक्रमण गरेपछि इरानले अमेरिकी सहयोगी तेल कम्पनीहरूलाई निशाना बनाउने चेतावनी
इरानको 'मुटु' मानिने खार्ग टापुमा आक्रमण गरेपछि इरानले अमेरिकी सहयोगी तेल कम्पनीहरूलाई निशाना बनाउने चेतावनी

: अमेरिकाले इरानको 'मुटु' मानिने खार्ग टापुमा आक्रमण गरेपछि इरानले अमेरिकी सहयोगी तेल कम्पनीहरूलाई निशाना बनाउने चेतावनी दिएको छ।


इरानले आफ्नो तेल र ऊर्जा पूर्वाधारमा आक्रमण भएमा अमेरिकी सहयोगी तेल कम्पनीहरूलाई निशाना बनाउने चेतावनी दिएको हो। इरानी सञ्चारमाध्यमका अनुसार यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल निर्यातका लागि मेरुदण्ड मानिने 'खार्ग टापु' का सबै सैन्य अखडालाई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेपछि आएको हो।


ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत भनेका थिए, 'केही समयअघि, मेरो निर्देशनमा अमेरिकी केन्द्रीय कमान्डले मध्यपूर्वको इतिहासमै सबैभन्दा शक्तिशाली बमबारी गरेको छ। हामीले इरानको 'क्राउन ज्वेल' (शिरको रत्न) मानिने खार्ग टापुका सबै सैन्य लक्ष्यहरूलाई पूर्ण रूपमा ध्वस्त पारेका छौँ। हाम्रा हतियारहरू संसारले अहिलेसम्म थाहा पाएका मध्ये सबैभन्दा शक्तिशाली र परिष्कृत छन्, तर नैतिकताका कारण मैले अहिले नै त्यहाँको तेल पूर्वाधारलाई नष्ट नगर्ने निर्णय गरेको छु।'



ट्रम्पको दाबी पछि इरान आक्रोशित बनेको छ। यो टापु इरानको कच्चा तेल निर्यातको सबैभन्दा ठूलो र प्रमुख केन्द्र हो।

इरानी सेनाले चेतावनी दिँदै भनेको छ- 'यदि हाम्रो तेल र ऊर्जा पूर्वाधारमा थप हमला गरियो भने, हामी यस क्षेत्रमा अमेरिकासँग सहयोग गर्ने सबै तेल कम्पनीहरूका पूर्वाधारलाई निशाना बनाउनेछौँ।' यदि इरानी ऊर्जा क्षेत्रमा क्षति पुर्‍याइयो भने अमेरिकासँग मिलेर काम गर्ने अन्य देशका तेल कम्पनीहरू पनि सुरक्षित नरहने इरानकाे भनाई छ ।

यसैबीच, सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले ओमानमा रहेका आफ्ना गैर-अत्यावश्यक कर्मचारी र उनीहरूका परिवारलाई 'तत्काल देश छोड्न' आदेश दिएको छ। यस सँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने र ऊर्जा संकट निम्तिने खतरा बढेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम