मुख्य समाचार
ट्रम्पले इरानको खार्ग टापुमा रहेका 'प्रत्येक सैन्य लक्ष्य'हरु अमेरिकाले ध्वस्त पारेको बताए
ट्रम्पले इरानको खार्ग टापुमा रहेका 'प्रत्येक सैन्य लक्ष्य'हरु अमेरिकाले ध्वस्त पारेको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा रहेका 'प्रत्येक सैन्य लक्ष्य'हरु अमेरिकाले ध्वस्त पारेको बताएका छन्। उनले यदि इरानले 'स्ट्रेट अफ हर्मुज' बाट हुने जहाज आवतजावतमा अवरोध जारी राखेमा उक्त टापुको तेल पूर्वाधारमा समेत आक्रमण गर्ने चेतावनी दिएका छन्।


ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन, 'केही समयअघि, मेरो निर्देशनमा अमेरिकी केन्द्रीय कमान्डले मध्यपूर्वको इतिहासमै सबैभन्दा शक्तिशाली बमबारी गरेको छ। हामीले इरानको 'क्राउन ज्वेल' (शिरको रत्न) मानिने खार्ग टापुका सबै सैन्य लक्ष्यहरूलाई पूर्ण रूपमा ध्वस्त पारेका छौँ। हाम्रा हतियारहरू संसारले अहिलेसम्म थाहा पाएका मध्ये सबैभन्दा शक्तिशाली र परिष्कृत छन्, तर नैतिकताका कारण मैले अहिले नै त्यहाँको तेल पूर्वाधारलाई नष्ट नगर्ने निर्णय गरेको छु।'


ट्रम्पले अगाडी थपेका छन्, यदि स्ट्रेट अफ हर्मुजबाट जहाजहरू सुरक्षित रूपमा जान पाएनन् भने इरानको तेल पूर्वाधारमा आक्रमण गर्ने निर्णयमा पुनर्विचार गर्नेछु ।'



इरानी तटबाट टाढा रहेको यो ५ माइल लामो टापु इरानको कच्चा तेल निर्यातको झण्डै ९० प्रतिशत हिस्सा ओगट्ने 'मुटु' मानिन्छ। इरानसँगको युद्ध सुरु भएको पहिलो दुई हप्तासम्म यो टापु सुरक्षित रहेको देखिएको थियो। एक अमेरिकी अधिकारीले अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनसँगको कुराकानीमा खार्ग टापुमा 'ठूलो स्तरको आक्रमण' भएको पुष्टि गरेका छन्। यद्यपि, ट्रम्पले दाबी गरे जस्तै सबै सैन्य लक्ष्यहरू नष्ट भए वा भएनन् भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन।

आजै बिहान फक्स न्युजसँग अन्तर्वार्तामा कार्यक्रम प्रस्तोता ब्रायन किलमेडले खार्ग टापुमा आक्रमण हुने सम्भावनाबारे सोध्दा ट्रम्प निकै रिसाएका थिए। उनले उक्त प्रश्नलाई 'मूर्खतापूर्ण' भनेका थिए । यद्यपि उनले अन्तर्वार्तामा अमेरिकाले अर्को हप्ता 'इरानमाथि धेरै शक्तिशाली आक्रमण गर्ने दाबी गरेका थिए ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम