मुख्य समाचार
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन

। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् कार्यक्रमका बीच प्रधानन्यायाधीश राउतलाई विद्यालय परिवारले अभिनन्दन गरेको हो ।

‘यस विद्यालयको पूर्वविद्यार्थी राउतलाई देशको सर्वोच्च स्थानमा पुगेर दिनुभएको योगदानको कदर गर्दै अभिनन्दन गरेका हौँ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराज दाहालले भने, ‘उहाँलाई विद्यार्थीहरूको माझ अभिनन्दन गरेपछि विद्यार्थीहरूलाई पनि थप प्रेरणा मिल्छ ।’

दोसल्ला र अभिनन्दनपत्रले अभिनन्दित भएपछि प्रमुख अतिथि राउतले आफू जहिले पनि यो विद्यालय आसपास रहेको स्मरण गरे । ‘विसं २०३३ मा एसएलसी दिएपछि यो विद्यालयबाट टाढिए पनि म सधैँ यहीँ छु जस्तो लाग्छ’, प्रधानन्यायाधीश राउतले भने, ‘यो विद्यालयले दिएको असल शिक्षा र ज्ञानको उपलब्धिले नै म यहाँ आइपुगेको हुँ ।’

वार्षिकोत्सवका अवसरमा विद्यालयका एकमात्र जीवित संस्थापक सेक्रेटरी (सचिव) राउतकै पिता बलबहादुर राउत, पूर्वप्रधानाध्यापक राजेन्द्रप्रसाद निरौला, पूर्वशिक्षक रामकुमार दाहाल (शास्त्री सर), इन्द्रनारायण गोइत (आइएनजी सर)लाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा प्रमुख अतिथि राउत, विशेष अतिथि कटारीका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलगायतले विद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यस विद्यालयको हरेक सफलतामा नगरपालिकाले साथ दिएको र विद्यालयका विद्यार्थीहरूले पनि हरेक विधामा सफलता प्राप्त गरेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै अझ थप भौतिक संरचना आवश्यक रहेको बताए ।

कार्यक्रमका अवसरमा विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षिका अम्बिका राई उत्कृष्ट वर्ष शिक्षकको रूपमा सम्मानित भए भने अन्य विधामा खेलकुदतर्फ शिक्षक आयुस कार्कीलाई प्रशंसापत्र प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ । उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न रोक लगाइएको हो । उक्त ...
। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ । बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालय बबरमहलमा बसेको हो । मधेश केन्द्रित राजनीति गर्दै आएका मोर्चामा संलग्न दलले यो निर्वाचनमा एकै सिट जित्न सकेन । चुनाव जित्न नसकेपछि आज समीक्षा बैठक बसेको हो । बैठकमा जनमतका अध्यक्ष ...
। मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जना व्यक्तिलाई शंका गरेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् । ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई ...
। राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग ...