मुख्य समाचार
भारतीय नम्बर प्लेटको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु
भारतीय नम्बर प्लेटको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

। सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ भारतीय नम्बर प्लेटको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् ।

बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डीएल ९ सी जेडओ ७७७ नम्बरको भारतीय स्कारपियोले पैदल हिँडिरहेका बरहथवा–९ का ५० वर्षीय नारायण जर्गा मगर गम्भीर घाइते भएका थिए । पछि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै रौतहटको दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल टाउकोमा गम्भीर चोट लागेको छ । उनको बरहथवास्थित हनुमन्त अस्पतालमा उपचार भइरहेको छ । अन्य १० जना घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्कारपियो र चालक बरहथवा नगरपालिका–१२ लौकठका ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिशूली नदी किनारमा एक महिलाको शव फेला परेको छ । धादिङको गजुरी गाउँपालिका–२ भद्रकाली मन्दिर पछाडि त्रिशूली नदीमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको हो । मृत भेटिएको महिलाको पहिचान खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
। राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा उत्पन्न परिस्थितिबीच काठमाडौं उपत्यकामा एलपीजी ग्यासको अभाव भएको, त्यसबाट उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित समाचारप्रति आउयोगको ध्यानाकर्षण भएको जनाएका छन् । सोही सन्दर्भमा आयोगले नेपाल ...
। नेकपा एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता तामाङले चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताउँदै एउटा मात्रै नेतालाई दोष दिएर केही नहुने बताएका हुन् । ‘नेकपा एमालेका तर्फबाट जनमत स्वीकार गरेका छौँ ...
। कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२’ लाई स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय भएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । त्यसैगरी ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड विधेयक’को मस्यौदा तर्जुमाको ...
। नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतन्त्रमा हार–जित दुवै हुने बताउँदै पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको टिप्पणी गरेकी छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री संग्रौलाले निर्वाचनको नतिजा आत्मालोचनासहित स्वीकार गर्ने पनि संग्रौलाले बताइन् । ‘हामी जनतामा आत्मालोचना गरेर जान तयार छौँ । राजीनामा अहिलेको विकल्प होइन,’ ...