मुख्य समाचार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन कुराकानी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन कुराकानी

। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन कुराकानी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् इरानका राष्ट्रपति मसुदसँग भएको कुराकानीकाबारेमा जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘क्षेत्र (मध्य पूर्व) को गम्भीर स्थितिबारे मैले इरानका राष्ट्रपति डा. मसुद पेजेश्कियानसँग कुराकानी गरेको छु ।’

अमेरिका–इजरायल र इरानबीच बढेको तनाव, आम नागरिकको मृत्यु र संरचनाहरूमा पुगेको क्षतिप्रति आफूले गहिरो चिन्ता व्यक्त गरेको उनको भनाइ छ ।

‘भारतीय नागरिकको सुरक्षा, सामान र ऊर्जाको बिना रोकटोक आयात–निर्यात भारतको सबैभन्दा ठूलो र पहिलो प्राथमिकता हो,’ मोदीले भनेका छन्, ‘शान्ति र स्थिरताप्रति भारतको प्रतिबद्धता हामीले फेरि दोहोर्‍याएका छौं । साथै वार्ता र कूटनीतिका माध्यमबाट समस्याको समाधान निकाल्न अपील गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...
: इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्धनलाई चीनले अस्वीकार गरेको छ । चीनले इरानी तेल खरिद गर्ने पाँच कम्पनीमाथि लगाइएको अमेरिकी प्रतिबन्धलाई मान्न नसकिने स्पष्ट पारेको हो । चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि गर्न चिनियाँ कम्पनीहरूलाई रोक्छन् । यी अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय ...