मुख्य समाचार
संयुक्त अधिराज्य (यूके) सरकारले झण्डै दुईतिहाइ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसंग काम गर्न उत्सुक रहेको बताए
संयुक्त अधिराज्य (यूके) सरकारले झण्डै दुईतिहाइ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसंग काम गर्न उत्सुक रहेको बताए

। संयुक्त अधिराज्य (यूके) सरकारले २१ फागुनमा सम्पन्न आमनिर्वाचनमा झण्डै दुईतिहाइ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसंग काम गर्न उत्सुक रहेको बताएको छ ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र इण्डो प्यासिफिक मामिला हेर्ने बेलायतीमन्त्री सीमा मल्होत्राबीच बुधबार भएको शिष्टाचार भेटमा मल्होत्राले सो धारणा राखेकी हुन् ।

बेलायती विदेश मन्त्रालय (एफसिडिओ) मा भएको उक्त भेट बेलायत नेपाल द्विपक्षीय मुद्दा र साझा हितहरूका विषयमा केन्द्रित रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

करिब एक घण्टा लामो उक्त भेटघाटमा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, व्यापार, लगानी, जलवायू परिवर्तन, सामाजिक आर्थिक विकास आदि मुद्दामा बेलायती सहयोग र प्राथमिकताबारे कुराकानी भएको कार्यवाहक राजदूत दुवाडीले अनलाइन खबरलाई बताए ।

‘बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा बन्ने सरकारसँग काम गर्न उत्साहित छ,’ कार्यवाहक राजदूत दुवाडीले भने, ‘संसदमा सबैभन्दा ठूलो दलका रूपमा उदाएको रास्वपाका प्राथमिकतासँग कसरी काम गर्ने भन्नेबारे बेलायतको चासो छ ।’

नेपाललाई सहयोग गर्ने विषयमा बेलायत सकारात्मक रहेको समेत उनले बताए ।

भेटघाटमा भूतपूर्व गोर्खाका विषयमा समेत कुरा उठेको जनाउँदै दुवाडीले आफूले गोर्खा मुद्दामा पहल गरिदिन मन्त्री मल्होत्रालाई अनुरोध गरको बताए ।

सो भेटबाट नेपाल र बेलायतबीचको ऐतिहासिक एवं शताब्दीऔं लामो सम्बन्ध अझ सुदृढ बनाउने विश्वास दूतावासले गरेको छ ।

यसअघि इण्डो प्यासिफिक मन्त्री मल्होत्राले गत ६ मार्चमा ट्वीट गर्दै बेलायतले नेपालको हालै सम्पन्न शान्तिपूर्ण संसदीय निर्वाचनको स्वागत गर्ने जनाएकी थिइन् ।

‘हाम्रो आधुनिक साझेदारी २०० वर्षभन्दा बढीको मित्रता र हाम्रा जनताबीचको बलियो सम्बन्धमा आधारित छ,’ उनले लेखेकी थिइन्, ‘हामी यी सम्बन्धहरूलाई सुदृढ पार्न र नेपालको भावी सरकारसँग काम गर्न तत्पर छौं ।’

निर्वाचनपछि काठमाडौंस्थित बेलायती दूतावासले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको थियो ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक निर्वाचनमा सफलता प्राप्त गरेकोमा बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई ज्ञापन गर्दछ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘हामी हाम्रो अर्को १०० वर्षको मित्रता बनाउन नयाँ सरकार गठन भएपछि मिलेर काम गर्न तत्पर छौं ।’

बेलायत नेपालको प्रमुख विकास साझेदार हो । नेपाल र बेलायतको औपचारिक सम्बन्ध सन् १८१६ मा सुरु भएको थियो । त्यसबेलादेखि दुई देशबीचको सम्बन्ध परम्परागत मित्रता, सौहार्द र सहयोगबाट परिपूर्ण छ ।

ब्रिटिश गोर्खाहरूका कारण बेलायत नेपाल सम्बन्ध अझ प्रगाढ बनेको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग ...
। त्रिशूली नदी किनारमा एक महिलाको शव फेला परेको छ । धादिङको गजुरी गाउँपालिका–२ भद्रकाली मन्दिर पछाडि त्रिशूली नदीमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको हो । मृत भेटिएको महिलाको पहिचान खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
। राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा उत्पन्न परिस्थितिबीच काठमाडौं उपत्यकामा एलपीजी ग्यासको अभाव भएको, त्यसबाट उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित समाचारप्रति आउयोगको ध्यानाकर्षण भएको जनाएका छन् । सोही सन्दर्भमा आयोगले नेपाल ...
। नेकपा एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता तामाङले चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताउँदै एउटा मात्रै नेतालाई दोष दिएर केही नहुने बताएका हुन् । ‘नेकपा एमालेका तर्फबाट जनमत स्वीकार गरेका छौँ ...
। कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२’ लाई स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय भएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । त्यसैगरी ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड विधेयक’को मस्यौदा तर्जुमाको ...