मुख्य समाचार
स्कारपियोले जन्तीलाई ठक्कर दिंदा एक जनाको मृत्यु, ११ जना घाइते
स्कारपियोले जन्तीलाई ठक्कर दिंदा एक जनाको मृत्यु, ११ जना घाइते

। सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।




उनका अनुसार दुर्घटनामा परी घाइते भएका बरहथवा नगरपालिका–९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले शुक्रबार मृत घोषणा गरेका हुन् ।

घाइते हुनेहरूमा रौतहट दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल, रौतहट गढीमाई नगरपालिका–११ निवासी विकास पटेलकी श्रीमती करिब ४५ वर्षीया बन्धना पटेल, बरहथवा–१० निवासी १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलीप राय, बरहथवा–७ निवासी २३ वर्षीय चन्दन पासवान, बरहथवा–१० निवासी १२ वर्षीया दीपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत, ५५ वर्षीय रामनारायण ठाकुर र उनकी श्रीमती ४५ वर्षीया गुलाबकुमारी मण्डल रहेका छन् ।


घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको बरहथवास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्कारपियो चालक बरहथवा नगरपालिका–१२ लौकठ निवासी करिब ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२’ लाई स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय भएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । त्यसैगरी ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड विधेयक’को मस्यौदा तर्जुमाको ...
। नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतन्त्रमा हार–जित दुवै हुने बताउँदै पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको टिप्पणी गरेकी छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री संग्रौलाले निर्वाचनको नतिजा आत्मालोचनासहित स्वीकार गर्ने पनि संग्रौलाले बताइन् । ‘हामी जनतामा आत्मालोचना गरेर जान तयार छौँ । राजीनामा अहिलेको विकल्प होइन,’ ...
। २३ माघको बिहान । धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ अन्दाजी २५ वर्षीया युवतीको शव फेला पर्‍यो । युवतीको बायाँ कञ्चटमाथि गोली लागेको निशान थियो । बायाँबाट छेडेर गोली दायाँभाग हुँदै निस्किएको थियो । ती युवती को थिइन् ? कसले उनको हत्या गरेको थियो ? अहिलेसम्म केही पत्तो लागेको छैन । प्रहरीले अनुसन्धान चलिरहेको बताउँछन् । ...
। प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजारखर्च भएको उनले पेस गरेको विवरणमा उल्लेख छ । उनले विभिन्न ८ शीर्षकमा खर्च भएको जानकारी जिल्ला निर्वाचन ...
। दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा ...