मुख्य समाचार
सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द
सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द

— सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ ।

बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो।

हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सदरमुकाम फिदिमदेखि,नांगीन, याङनाम,सिदिन र प्राङवुङ हुँदै भारतसँगको सिमावर्ती फालौट र चारराते क्षेत्रलाई जोड्ने यो सडक जिल्लाका महत्वपूर्ण मध्ये एक हो ।

फेमेखोलामा सबैभन्दा पहिले २०८१ असोज १२ गते आएको बाढीले पक्की पुल बगाइदिएको थियो । त्यसपछि यो खोलाको यातायात डाइभर्सनका भरमा छ । गत वर्ष पटक पटक डाइभर्सन बग्दा सवारी सडक अवरुद्व भएको थियो ।

यहाँ प्रदेश सरकारले बेलिब्रिज निर्माण गरिरहेको छ । यद्यपि, काम पुरा भने भएको छैन ।

क्षतिग्रस्त डाइर्सन मर्मत गरेर सडक खुलाउन पूर्वाधार बिकास कार्यालय पाँचथरले बिहानैदेखि प्रयास गरिरहेको छ ।

मध्यान्हसम्म काम सक्ने गरी उपकरण र जनशक्ति परिचालन गरिएको कार्यस्थलमै रहेका इन्जिनियर मुकेशराज साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...