मुख्य समाचार
कोहलपुर प्राइड लिगः युनाइटेड र कोहलपुरको विजयी सुरुवात
कोहलपुर प्राइड लिगः युनाइटेड र कोहलपुरको विजयी सुरुवात

— ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोर्ट्स एकेडेमीले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको पहिलो दिन बिहीबार कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मैदानमा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटलेड स्कुल र कोहलपुर स्पोर्ट्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।

उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले जस जितेर ब्राइटल्याण्ड स्कुललाई बलिङको निम्तो दिएको थियो । सुरुवाती ब्याटिङ गरेको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

युनाइटेड भिजन क्रिकेट क्लबले दिएको १ सय ५६ रनको लक्ष्य पक्ष्याएको ब्राइटल्याण्ड स्कुल १६.१ ओभरमा १ सय १ रनमै समेटियो । यससँगै युनाइटेड भिजन क्रिकेट क्लब २२ रनले विजयी भयो । युनाइटेड भिजन क्रिकेट क्लबलाई विजयी गराउन महत्त्वपूर्ण ३ विकेट लिँदै सन्तोष यादव ‘प्लेयर अफ द म्याच’ भए ।

यस्तै प्रतियोगिताको दोस्रो खेलमा कोहलपुर स्पोर्ट्स एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । टस जितेको कोहलपुर स्पोर्ट्स एकेडेमीले पहिला ब्याटिङ गर्ने निर्णय गर्‍यो ।

कोहलपुर स्पोर्ट्स एकेडेमीले सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । अर्जुन घर्तीले २७ बलमा ६५ र भीम सार्कीले ३७ बलमा ५२ रनको अर्धशतकीय पारीको सहयोगमा कोहलपुर स्पोर्ट्स एकेडेमीले विशाल लक्ष्य दिएको थियो ।

ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
कोहलपुर स्पोर्ट्स एकेडेमीले दिएको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीले खराब सुरुवात गर्दै ७५ रनमै अलआउट भयो ।

टिमका लागि कुनै पनि ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् । हिमालयन क्रिकेट एकेडेमीका ब्याटरहरू कोहलपुर स्पोर्ट्स एकेडेमीका बलरसामु निरीह बने । कोहलपुर स्पोर्ट्स एकेडेमीलाई विजयी बनाउन महत्त्वपूर्ण ४ विकेट लिएका सिद्धान्तराज शाही ‘प्लेयर अफ द म्याच’ भए ।

प्रतियोगितामा प्रथमले ४ लाख र द्वितीयले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कोहलपुर स्पोर्ट्स एकेडेमीको आयोजना, कोहलपुर नगरपालिका संरक्षकत्व र बाँके जिल्ला क्रिकेट संघको समन्वयमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...