मुख्य समाचार
कोहलपुर प्राइड लिगः युनाइटेड र कोहलपुरको विजयी सुरुवात
कोहलपुर प्राइड लिगः युनाइटेड र कोहलपुरको विजयी सुरुवात

— ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोर्ट्स एकेडेमीले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको पहिलो दिन बिहीबार कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मैदानमा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटलेड स्कुल र कोहलपुर स्पोर्ट्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।

उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले जस जितेर ब्राइटल्याण्ड स्कुललाई बलिङको निम्तो दिएको थियो । सुरुवाती ब्याटिङ गरेको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

युनाइटेड भिजन क्रिकेट क्लबले दिएको १ सय ५६ रनको लक्ष्य पक्ष्याएको ब्राइटल्याण्ड स्कुल १६.१ ओभरमा १ सय १ रनमै समेटियो । यससँगै युनाइटेड भिजन क्रिकेट क्लब २२ रनले विजयी भयो । युनाइटेड भिजन क्रिकेट क्लबलाई विजयी गराउन महत्त्वपूर्ण ३ विकेट लिँदै सन्तोष यादव ‘प्लेयर अफ द म्याच’ भए ।

यस्तै प्रतियोगिताको दोस्रो खेलमा कोहलपुर स्पोर्ट्स एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । टस जितेको कोहलपुर स्पोर्ट्स एकेडेमीले पहिला ब्याटिङ गर्ने निर्णय गर्‍यो ।

कोहलपुर स्पोर्ट्स एकेडेमीले सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । अर्जुन घर्तीले २७ बलमा ६५ र भीम सार्कीले ३७ बलमा ५२ रनको अर्धशतकीय पारीको सहयोगमा कोहलपुर स्पोर्ट्स एकेडेमीले विशाल लक्ष्य दिएको थियो ।

ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
कोहलपुर स्पोर्ट्स एकेडेमीले दिएको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीले खराब सुरुवात गर्दै ७५ रनमै अलआउट भयो ।

टिमका लागि कुनै पनि ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् । हिमालयन क्रिकेट एकेडेमीका ब्याटरहरू कोहलपुर स्पोर्ट्स एकेडेमीका बलरसामु निरीह बने । कोहलपुर स्पोर्ट्स एकेडेमीलाई विजयी बनाउन महत्त्वपूर्ण ४ विकेट लिएका सिद्धान्तराज शाही ‘प्लेयर अफ द म्याच’ भए ।

प्रतियोगितामा प्रथमले ४ लाख र द्वितीयले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कोहलपुर स्पोर्ट्स एकेडेमीको आयोजना, कोहलपुर नगरपालिका संरक्षकत्व र बाँके जिल्ला क्रिकेट संघको समन्वयमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम