मुख्य समाचार
सरकारी तथा गैरसरकारी संघसंस्थालगायत भूमिहीनका नाममा बर्दियामा झण्डै एक हजार हेक्टर बढी वन अतिक्रमण
सरकारी तथा गैरसरकारी संघसंस्थालगायत भूमिहीनका नाममा बर्दियामा झण्डै एक हजार हेक्टर बढी वन अतिक्रमण

— सरकारी तथा गैरसरकारी संघसंस्थालगायत भूमिहीनका नाममा बर्दियामा झण्डै एक हजार हेक्टर बढी वन अतिक्रमण भएको पाइएको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार वन क्षेत्र अतित्रमण गरी ऐन विपरित प्रहरी कार्यालय, क्याम्पस, विद्यालय, रेडक्रस, भाडाको पसललगायत बजार सञ्चालन गरिएको छ ।

वन कार्यालयका अनुसार हस्तान्तरण गरिएका वनमा सरकारी तथा गैर सरकारी कार्यालय, सामुदायिक वन, कृष्णसार संरक्षण क्षेक्र कार्यालय, विद्यालय, रेडत्रसलगायत संस्थाबाट भवन निर्माण गरी अतिक्रमण भएको छ।

जिल्ला वन अधिकृत विजयराज सुवेदीले वन ऐन विपरित संरचना निर्माण भएका र अतिक्रमण गरिएको करिब एक हजार हेक्टर वन क्षेत्र रहेको बताए । राजनीतिक दलहरुको सहयोग लिएर पहिलो चरणमा माचड र कोठियाघाट क्षेक्रको वन अतित्रमण हटाउने तयारीमा रहेको उनले बताए ।

डिभिजन वन कार्यालयका अनुसार अतिक्रमित विगतमा वन क्षेत्रमा ग्राभेल र कालोपत्र सडक बनाइएको छ । मधुवन नगरपालिकाको बेलवा चोकस्थित सामुदायिक वन अतिक्रमण गर्दै भवन र बजार सञ्चालनका लागि निर्माण गरिएको छ ।

सप्ती देवी सामुदायिक वन बासगढी नगरपालिकास्थित निर्माण भएको ईलाका प्रहरी कार्यालय मोतीपुर, बर्दिया बहुमुखी क्याम्पस, मधुवन नगरपालिकाको बेलवा चोकमा रहेको वन क्षेक्रमा रेडत्रस भवन, पक्की भाडाका भवन, ओराली बजारस्थित वन क्षेत्रमा बनाइएका आठ वटा पक्की भवन वन ऐन विपरित निर्माण भएको वन कार्यालयले जनाएको छ ।

सामुदायिक वनका नाममा कार्यालयका लागि वनभित्रै पक्की भवनसमेत निर्माण भएको पाइएको छ । ऐनमा वन सुरक्षा र कार्यालय सञ्चालनका लागि कच्ची भवन बनाउने व्यवस्था भए पनि पक्की संरचना निर्माण गर्न नपाउने व्यवस्था रहेको छ ।

विगत एक दशकदेखि बारबर्दियास्थित खुरखुरे फाॅटा, बनगाई, मधुवनको ओराली बजार, कोठियाघाटलगायत वन क्षेक्रमा अतित्रमण हटाउने सूचना जारी हुँदै आए पनि दलहरुको सक्रियता नभएका कारण कारवाही प्रक्रिया अघि बढ्न नसकेको वनका अधिकारी बताउँछन् । वन क्षेत्रभित्र व्यवसाय प्रयोजनका लागि निर्माण गरिएका संरचना तत्काल हटाउने दबाव डेढ दशकदेखि आए पनि राजनैतिक दलबाट पर्याप्त सहयोग नहुँदा अतिक्रमण हटाउने प्रयास सम्भव नभएको जिल्ला वन अधिकृत सुवेदीले बताए ।

वन अतिक्रमण हुनासाथ गैरसरकारी संस्थाले शौचालय निर्माणदेखि ग्राभेल, कालोपत्र सडक, विद्युतीकरणलगायतका संरचना निर्माण गरिदिँदा थप समस्या आएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गोपालप्रसाद चौधरीले बताए । ‘स्थानीय तह, राजनैतिक दलको सहयोगमा सुविधा थपिँदै जाँदा उनीहरु हट्न मान्दैनन्,’ उनले भने, ‘यसका लागि डिभिजन वन कार्यालय, राजनैतिक दललगायतको सहयोगमा अतिक्रमित क्षेत्र खाली गराउनु पर्छ । वास्तविक भूमिहीहनको पहिचान गरी व्यवस्थापन गर्नुपर्छ ।’

वास्तविक भूमिहीनको पहिचान गरी उनीहरुको व्यवस्थापन नभएसम्म उठीबास नगराउन भूमि अधिकारकर्मीले आग्रह गरेका छन् । विभिन्न ठाउँमा घर भएका, बाहिरी जिल्लाबाट आएकाको पहिचान गरी एक धुर जग्गा नभएकाको पहिचान गर्न जरुरी भएको भूमि अधिकारकर्मी पार्वती अर्यालले बताइन् । हैसियत बिग्रेका वनको संरक्षण र व्यवस्थापन गर्न जरुरी रहेको बताउँदै उनले भनिन्, ‘कैयौं भूमिहीन छन् जसको घर जग्गा छैन, सरकारले चाडै उनीहरुको व्यवस्था गर्नु पर्छ ।’

वास्तविक भूमिहीन, सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था नभएसम्म वन क्षेत्र खाली नगर्ने अधिकारकर्मीले चेतावनी दिएका छन् । भूमि समस्या समाधान आयोगमा ४८ हजार बढीले दलित, भूमिहीन सुकुम्बासी, अव्यबस्थित बासोबासीले जग्गाधनी पुर्जाका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले अब नेपालमा आर्थिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने नेपालको सार्वभौम साख मूल्यांकन गरेको एजेन्सी ‘फिच रेटिङ’ ले जनाएको छ । दोस्रो वर्ष रेटिङका क्रममा गत मंसिरमा स्थलगत मूल्यांकनका लागि नेपाल आएको फिचको टोलीले तोकिएको समय अर्थात् २१ फागुनमै निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो । स्थलगत मूल्यांकनका क्रममा फिचको ...
— निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो । लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने ...
— सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ । बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो। हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सदरमुकाम ...
— बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत ...
— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो । बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य ...