मुख्य समाचार
नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बेच्ने
नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बेच्ने

— नेपाल आयल निगमले भाेलिदेखि आधा सिलिन्डर ग्यास बेच्ने भएकाे छ । उपभाेक्ताले अनावश्यक रुपमा ग्यास भन्डारण गर्न थालेको भन्दै निगमले अनावश्यक भन्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गर्न लागेको हाे ।

निगमले शुक्रबारदेखि लागू हुने गरी ७.१ केजी एलपीजी ग्यास बजारमा पठाउन लागेको हाे । प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्न यस्तो निर्णय गरेको निगमले जनाएको छ । पछिल्लो समय आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमले जनाएको छ ।

निगमले नियमित रुपमा मागअनुरुप नै ग्यास आयात तथा वितरण गरिरहे पनि २-३ महिनादेखि उपत्यकामा माग उच्च देखिएको विज्ञप्तीमा उल्लेख गरेको छ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
। रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ । कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ । कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ । रसुवा र तातापानी नाकाको ...
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम