मुख्य समाचार
सीमावर्ती जुलाघाट बजारमा रहेको सार्वजनिक शौचालयलाई एक व्यापारीले व्यक्तिगत रुपमा प्रयोग गरी ताला लगाउने
सीमावर्ती जुलाघाट बजारमा रहेको सार्वजनिक शौचालयलाई एक व्यापारीले व्यक्तिगत रुपमा प्रयोग गरी ताला लगाउने

— सीमावर्ती जुलाघाट बजारमा रहेको सार्वजनिक शौचालयलाई एक व्यापारीले व्यक्तिगत रुपमा प्रयोग गरी ताला लगाउने गरेका छन् ।

दैनिक ३० भन्दा बढी जिप चल्ने र सयौं यात्रुको भिडभाड हुने जुलाघाट बजारमा दशरथचन्द नगरपालिकाले दशकअघि दुई कोठे शौचालय बनाएको थियो । जुलाघाट बजारमा रहेको उक्त सार्वजनिक शौचलायमा दुई/तीन वर्षदेखि स्थानीय व्यापारी रघुवीर थापाले ताला लगाउने गरेको स्थानीयले बताए । थापाले शौचालयमा ताला लगाएर चाबी आफैसँग राख्दा समस्या हुने गरेको यात्रु र अन्य व्यापारीले गुनासो गरेका छन् । स्थानीयले व्यापारी थापासित मागेर प्रयोग गर्दै आए पनि यात्रुले खुला स्थानमै दिसापिसाब गर्दै आएका छन् ।

शौचालय प्रयोग गर्न सधैं व्यापारी थापासँग चाबी माग्नुपर्ने र थापाको पसल बन्द भएको दिन सडक छेउमै शाैच गर्नुपर्ने बाध्यता रहेको जिप व्यवसायी सुशील क्षेत्रीले बताए ।

‘आफुहरु नियमित यसै ठाउामा ओहोरदोहर गर्ने भएकाले मात्र व्यापारी थापासँग सशौचालयको चाबी छ भन्ने थाहा भएकाले माग्ने गर्छौं,’ उनले भने, ‘नयाा मान्छेले त ताला लगाएको देखेर खुला स्थानमै शौच गर्छन् ।’
यो बजारमा महाकालीपारि भारतबाट समेत किनमेल गर्न आउने गर्छन् । आफ्नो पसल अगाडि रहेको शौचालय फोहोर गरिदिने भएकाले ताला लगाउने गरेको व्यापारी थापाले बताए ।

जुलाघाट बजारमै नगरपालिकाले अर्को शौचालय पनि बनाएको थियो । उक्त शौचालय अहिले सेरा जाने सडक निर्माण गरिँदा माटोले पुरिएको छ ।

नगरपालिकालाई शौचालय व्यवस्थापनको लागि समय समयमा जानकारी गराउँदा कुनै वास्ता नगरेको जिप व्यवसायी क्षेत्रीले बताए । जुलाघाटमा रहेको सार्वजनिक शौचालयको गुनासो आउने गरे पनि नयाँ निर्माण गर्ने ठाउँ नपाइएकाले अहिलेसम्म बनाउन नसकिएको नगरप्रमुख पुष्कारराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले अब नेपालमा आर्थिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने नेपालको सार्वभौम साख मूल्यांकन गरेको एजेन्सी ‘फिच रेटिङ’ ले जनाएको छ । दोस्रो वर्ष रेटिङका क्रममा गत मंसिरमा स्थलगत मूल्यांकनका लागि नेपाल आएको फिचको टोलीले तोकिएको समय अर्थात् २१ फागुनमै निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो । स्थलगत मूल्यांकनका क्रममा फिचको ...
— निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो । लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने ...
— सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ । बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो। हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सदरमुकाम ...
— बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत ...
— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो । बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य ...