मुख्य समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु

— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत ५ वर्षमुनिका बालबालिका रहने गरेको बताए ।

वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए ।

प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषण जस्ता समस्या पनि देखिने गरेको विज्ञहरूले बताउने गरेका छन् ।

यस्तै, वायु प्रदूषणका कारण कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता हुनु, बाँझोपन, गर्भावस्थामा मधुमेह हुनु, मानसिक स्वास्थ्य समस्या देखिनु जस्ता समस्या देखिने उनीहरूको भनाइ छ ।

डब्लुएचओको मापदण्डभन्दा नेपालमा वायु प्रदूषण ८ गुणा बढी देखिएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । नेपालमा बिहीबार वायु गुणस्तर सूचक १८५ सम्म देखिएको उनले बताए ।

डब्लुएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर ५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । सूक्ष्म कण त्योभन्दा कम भएमा हावामा तैरने सक्ने र जसले स्वासप्रश्वास प्रक्रियामा फोक्सोसम्म पुग्ने गरेको डा. बुढाथोकीले बताए ।

वायु गुणस्तर सूचक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सचेत, १०१ देखि १५१ सम्म जोखिम समूह (ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिका) का लागि हानिकारक मानिन्छ । वायु गुणस्तर सूचक १५१ भन्दामाथि भएमा अस्वस्थ्य मानिने गरिएको छ ।

यसलाई डब्लुएचओको मापदण्डभित्र पुर्‍याउन सके हरेक वर्ष नेपालीको आयु ३ दशमलव ३ वर्षले बढ्ने अनुमान गरिएको छ । वायु प्रदूषणकै कारणले वार्षिक ७९ लाख मानिसको मृत्यु हुने गरेको र तीमध्ये ९० प्रतिशत कम र मध्यम आय भएका देशका नागरिक पर्छन् ।

वायु प्रदूषण सवारीसाधनबाट निस्केको धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर तथा जैविक पदार्थ जलाउँदा निस्कने धुँवा, सडक र निर्माण कार्यको धुलो, वन डढेलो र किटनाशक र विषादीको प्रयोगलगायतबाट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम