मुख्य समाचार
४० दिनमा १३ जना निर्वाचन प्रहरीले गुमाए ज्यान
४० दिनमा १३ जना निर्वाचन प्रहरीले गुमाए ज्यान

— प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिएका १३ जना निर्वाचन प्रहरीलेले ज्यान गुमाएका छन् । १० जिल्लाका १३ निर्वाचन प्रहरीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीको नियुक्ति लिइसकेपछि काममा खटिएकै अवस्थामा उनीहरूको ज्यान गएको हो । जिम्मेवारी निर्वाहका क्रममा निर्वाचन प्रहरीको मृत्यु भएमा प्रहरी जवानको मृत्यु हुँदा नजिकका हकवालालाई दिइने सुविधासरह नै उसका परिवारलाई सुविधा दिइने व्यवस्था छ ।

रुपन्देहीको सिद्दार्थ नगरनगरपालिका–९ का २५ वर्षीय बाबुराम यादव र बैतडीको दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको २० माघमा निधन भएको थियो । ६ फागुनयता बाँकी ११ जनाको मृत्यु भएको हाे । सोही वडाका महादेव ओड, बैतडीकै मेलौली नगरपालिका–६ का राजेन्द्रप्रसाद भट्ट, धनुषाको धनौजी गाउँपालिका–४ का ३७ वर्षीय राजेशकुमार पासवान, बाराको आदर्शकोतवाल गाउँपालिका–४, इनर्वाका २५ वर्षीय शेख जसमैद, महोत्तरीको मटिहानी–७ का २३ वर्षीय राजाबाबु रामले पनि निर्वाचन प्रहरीका रुपमा खटिएकै बेला ज्यान गुमाए ।

रौतहटको गुजरा–२, चोचाटोलका १९ वर्षीया जेश्मी चौधरी, नवलपरासीको सरावल गाउँपालिका–२, मनरीका २० वर्षीय सुरज चमार, राैतहटको फतुवा बिजयपुर नगरपालिका–७ का २४ वर्षीय पवन साह, कञ्चनपुरको लालझाडी गाउँपालिका–३, बल्मीका ३५ वर्षीय मानसिंह राना, नुवाकोटको बिदुर नगरपालिका–९ का ४० वर्षीय बेगबहादुर तामाङ र सिन्धुपाल्चोकको बाहृबिसे नगरपालिका–४, ओख्रेनीका ४७ वर्षीय नकुल भण्डारीको ज्यान गएको छ ।

प्रहरी प्रवक्ता काफ्लेले निर्वाचन सुरक्षाजस्तो गहन जिम्मेवारी निर्वाह गर्ने क्रममा भएको निर्वाचन प्रहरीको निधन देशकै लागि अपुरणीय क्षति रहेको बताए ।

४० दिन कार्यअवधि तोकेर १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका १ लाख ४९ हजार ९० जना नेपाली नागरिक निर्वाचन प्रहरीमा भर्ना भएका थिए । २१ फागुनको निर्वाचन, त्यसअघि र गणना अवधिभर प्रहरी र सशस्त्रको सहयोगी बनेर निर्वाचन प्रहरी फिल्डमा खटिएका थिए ।

जसमध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ९० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनालाई निर्वाचन प्रहरीमा भर्ना गरेर खटाएका थिए । नेपाल प्रहरीमातहत खटिएका निर्वाचन प्रहरीलाई मतदानस्थल सुरक्षामा प्रहरीको सहयोगीका रुपमा परिचालन गरिएको थियो भने सशस्त्रले बाहिरी सुरक्षा घेराको जिम्मेवारीअनुसार आफ्नो सहयोगी फौजका रुपमा परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत ...
— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो । बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य ...
— व्रतबन्धमा उठेको दक्षिणाबाट विकटका विद्यार्थीका लागि खाद्यान्न र स्टेशनरीका लागि खर्च गरिएको छ । २० वर्षदेखि जापानको ओकायामामा बस्दै आएको प्रेम आचार्य र शिवप्रसाद आचार्यको परिवार बिहीबार छोराछोरीसहित चितवनको विकट पहाडी गाउँ कान्दा पुगे । मूलथलो बाग्लुङ भएका प्रेमका छोरा १९ वर्षका सुमित र शिवका छोरा १२ वर्षीय शिरिषको फागुन २५ मा व्रतबन्ध भएको ...
— सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानबिन गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान गर्नुपर्ने छ । नेकपाका नेता कुमार पौडेलको हत्या प्रकरणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी राउत (हाल ...
— बिहे भोज खान गएका दुई छोरी गुमाएपछि बाँफीकोट गाउँपालिका–३ गरालाबोटकी पविता ओली विक्षिप्त बनेकी छिन् । बेलाबेला टोलाउने र बेहोस भइरहेकी उनका आँखा अहिले ओभाएका छैनन् । गत सोमबार साँझ नदीपारिको बस्तीमा बिहे भोज खान गएका उनका दुई छोरी कल्पना र उर्मिला मंगलबार बिहान नदी छेउमा मृत अवस्थामा भेटिएका हुन् । उनका अनुसार सोमबार ...