: हालैको आम निर्वाचनमा पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाकिस्तान सरकारले बधाई दिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्स मार्फत रास्वपाका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री शरीफले एक्समार्फत, 'नेपालको २०२६ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र बालेन्द्र शाहको उल्लेखनीय विजयका लागि हार्दिक बधाई। यो बलियो जनादेशले नयाँ र गतिशील नेतृत्वप्रति नेपाली जनताको विश्वास झल्काउँछ। पाकिस्तान हाम्रो ऐतिहासिक मित्रतालाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छ।' उनले भनेका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीको शुभकामना सन्देशको जवाफ दिँदै नवनिर्वाचित नेतृत्वले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । बालेनले प्रधानमन्त्री शरीफलाई धन्यवाद दिँदै लेखेका छन्, सम्माननीय प्रधानमन्त्री शहबाज शरीफज्यू, तपाईंको न्यानो शुभकामनाका लागि धन्यवाद। नेपाल र पाकिस्तानबीच मित्रताको गहिरो इतिहास छ। म हाम्रो द्विपक्षीय सहयोग र ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउन तपाईंको सरकारसँग मिलेर काम गर्न उत्सुक छु।,
त्यस्तै, पार्टी अध्यक्ष रवि लामिछानेले पनि कृतज्ञता व्यक्त गरेका छन् । उनले भनेका छन्, शुभकामनाका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद। पाकिस्तान एक सुन्दर राष्ट्र र हाम्रो अटल मित्र हो। उनले भनेका छन् ।