मुख्य समाचार
अवस्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा
अवस्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा

: वीरगन्ज महानगरपालिका–१६ मा अवस्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ।


वीरगन्ज महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिकजन्य फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यसहित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै उक्त प्लान्ट निर्माण भइरहेको हो।


महानगरपालिकाका कार्यालयको वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रालिको करिब ४ करोड रुपैयाँको लगानीमा उक्त प्लान्ट निर्माण भइरहेको हो। हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको साहले बताए।



ई. साहका अनुसार अहिले निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० टन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमताको छ। वीरगन्ज महानगर क्षेत्रमा हाल दैनिक करिब ६०/६५ टन फोहोर संकलन हुँदै आएको छ। संकलित फोहोरमध्ये प्लास्टिकजन्य फोहोरलाई छुट्याएर उक्त प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइने साहले जनाए।
गत असोजमा वीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रालिबीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि यो परियोजनाको निर्माण कार्य अघि बढाइएको साहले बताए। उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको उनले बताए।

महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्रभित्र आधुनिक प्लान्ट निर्माण गरिरहेको मेयर राजेशमान सिंहले बताए। प्लान्ट सञ्चालनमा आएपछि वीरगन्ज महानगरभित्रबाट दैनिक संकलन हुने प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिने र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीका रूपमा उत्पादन गरिने उनले जानकारी गराए।

निर्माणाधिन उक्त प्लान्टको निर्माण कार्यको प्रगति बुझ्न बुुधबार महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रालिका उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोली निर्माण स्थलमा पुगेको थियो। टोलीले निर्माण कार्यको अवस्था, प्राविधिक पक्ष तथा आगामी सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएको थियो।

निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिने सूर्य नेपाल प्रालिका उद्योग प्रमुख महर्जनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हालैको आम निर्वाचनमा पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाकिस्तान सरकारले बधाई दिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्स मार्फत रास्वपाका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका हुन् । प्रधानमन्त्री शरीफले एक्समार्फत, 'नेपालको २०२६ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र बालेन्द्र शाहको उल्लेखनीय विजयका लागि हार्दिक बधाई। ...
: फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाइ गरिएको छ । इलाका प्रहरी कार्यालय सिमराले आफू मातहत तालिम लिएका तीन सय ६ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानका साथ बिदाइ गरेको हो । देशभर खटाइएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गर्न निर्देशन गरिएको थियो । सोही अनुरुप इलाका प्रहरी ...
: मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एशियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानीको मुहान क्षेत्र (हेडवर्क्स) सार्न सुझाव दिएको दुई वर्षपछि सार्ने तयारी गरिएको छ। मेलम्ची खानेपानी विकास समितिले हेडवर्क्स सार्नका लागि टेन्डर आह्वान भएर पनि डिजाइनको काम भइरहेको बताएको छ। ‘सरकारले हेडवर्क्स सार्न सहमति प्रदान गरिसकेको छ, त्यसैले अहिले डिजाइनको काम भइरहेको छ’, मेलम्ची खानेपानी विकास ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने बताएका हुन्। ओलीले भने, ‘हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई ...
: प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालालाई ठूलो मतान्तरले पराजित गर्दै चर्चामा आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रुविना आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएकी छन्। बिहीबार पेस गरिएको विवरणअनुसार आचार्यको चुनावी अभियानमा १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ खर्च भएको देखाइएको छ। प्रचारप्रसार, यातायात, स्वयंसेवक व्यवस्थापन, प्रचार ...