मुख्य समाचार
ओलीले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने बताए
ओलीले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने बताए

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने बताएका हुन्।


ओलीले भने, ‘हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’


ओलीले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उल्लेख गरे। ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।’ उनले भने,‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।’



अध्यक्ष ओलीले कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकलाई धन्यवाद दिएका छन्। उनले भने, ‘हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।’

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली रास्वपाका वरिष्ठ नेता एवम् पूर्वमेयर बालेन्द्र शाह बालेनसँग पराजित भएका थिए। रास्वपाले १२५ सिट जित्दा एमालेले प्रत्यक्षमा ९ सिटमात्र प्राप्त गरेको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फ खसेको कुल १ करोड १२ लाख ८० हजार ८ सय ९८ मतमध्ये १ करोड ८ लाख ३५ हजार २७ मत सदर भएको छ। जसमा रास्वपाले सर्वाधिक ५१ लाख ८३ हजार ४ सय ९३ मत प्राप्त गरेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय २५ सिट जितेको छ भने समानुपातिकतर्फको १ सय १० सिटमध्ये ५७ सिट पाउने देखिएको छ। यसरी प्रत्यक्ष र समानुपातिक गरी रास्वपाको कुल १ सय ८२ सिट पुग्ने देखिएको छ, जुन दुईतिहाइ बहुमत (१ सय ८४ सिट) भन्दा मात्र दुई सिट कम हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हालैको आम निर्वाचनमा पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाकिस्तान सरकारले बधाई दिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्स मार्फत रास्वपाका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका हुन् । प्रधानमन्त्री शरीफले एक्समार्फत, 'नेपालको २०२६ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र बालेन्द्र शाहको उल्लेखनीय विजयका लागि हार्दिक बधाई। ...
: वीरगन्ज महानगरपालिका–१६ मा अवस्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ। वीरगन्ज महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिकजन्य फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यसहित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै उक्त प्लान्ट निर्माण भइरहेको हो। महानगरपालिकाका कार्यालयको वन तथा वातावरण शाखा ...
: फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाइ गरिएको छ । इलाका प्रहरी कार्यालय सिमराले आफू मातहत तालिम लिएका तीन सय ६ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानका साथ बिदाइ गरेको हो । देशभर खटाइएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गर्न निर्देशन गरिएको थियो । सोही अनुरुप इलाका प्रहरी ...
: मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एशियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानीको मुहान क्षेत्र (हेडवर्क्स) सार्न सुझाव दिएको दुई वर्षपछि सार्ने तयारी गरिएको छ। मेलम्ची खानेपानी विकास समितिले हेडवर्क्स सार्नका लागि टेन्डर आह्वान भएर पनि डिजाइनको काम भइरहेको बताएको छ। ‘सरकारले हेडवर्क्स सार्न सहमति प्रदान गरिसकेको छ, त्यसैले अहिले डिजाइनको काम भइरहेको छ’, मेलम्ची खानेपानी विकास ...
: प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालालाई ठूलो मतान्तरले पराजित गर्दै चर्चामा आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रुविना आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएकी छन्। बिहीबार पेस गरिएको विवरणअनुसार आचार्यको चुनावी अभियानमा १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ खर्च भएको देखाइएको छ। प्रचारप्रसार, यातायात, स्वयंसेवक व्यवस्थापन, प्रचार ...