मुख्य समाचार
वीरगन्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माणको काम सुरु
वीरगन्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माणको काम सुरु

: वीरगन्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माणको काम सुरु भएको छ। जेनजी आन्दोलन अघिको कांग्रेस–एमाले गठबन्धनको सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यहि बजेट हाल निकासा भइ आएको र बिहीबारदेखि रंगशाला पुनर्निर्माणको काम सुरु गरिएको पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले जानकारी दिए।


साहका अनुसार बिहीबारदेखि रंगशलाका जीर्ण प्याराफिटहरु डोजर लगाएर भत्काउन थालिएको छ। पहिलो चरणमा जीर्ण प्याराफिटहरु भत्काएर नयाँ प्याराफिट निर्माण गर्ने योजना रहेको साहले सुनाए। उनले भने,‘कांग्रेसका तत्कालिन कानुनमन्त्री अजय चौरसियाको अगैसरतमा तत्कालिन खेलकुदममन्त्री तेजुलाल चौधरीले बजेटमा नारायणी रंगशालाका लागि ४ करोड रुपैयाँ बजेट हाल्न लगाउनु भएको थियो। त्यो बजेट हाल निकासा भएर आएपछि आजदेख काम सुरु गरेका हौं। मर्मत सम्भारको अभावमा वर्षौदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशाला मर्मत तथा पुनर्निर्माणका लागि चार करोड रुपैयाँले मात्रै नपुग्ने भन्दै साहले भने,‘अहिले प्राप्त रकमबाट नयाँ प्याराफिट बनाउने काम गर्छौ, ‘बाँकी कामका लागि अपुग रकम सरकारसँग माग गर्छौ। ’


प्याराफिटको काम सकिएपछि थप बजेटका लागि नेपाल सरकार र युवा तथा खेलकुद मन्त्रालयलाई फेरि गुहार्ने उनले बताए। यसका अतिरिक्त मधेस प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने उल्लेख गरेकाले मधेस सरकारसँग पनि आफूहरूले थप बजेटका लागि पहल गर्ने उनले बताए।



काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठूलो वीरगन्जको नारायणी रंगशाला (३५ हजार दर्शक क्षमताको ) जीर्ण भइरहँदा पनि मर्मत र पुनर्निर्माणका लागि तीनै तहका सरकारले प्राथमिकतामा राखेका थिएनन्। यहाँका खेलप्रेमी र खेलाडीहरुले रंगशाला मर्मत तथा पुर्न निर्माणका लागि करिब एक दशकदेखि विभिन्न दबाबमुलक आन्दोलन पनि गर्दै आएका थिए। संघीय र प्रदेश संसद बैठकमा यस क्षेत्रका जनप्रतिनिधिले नारायणी रंगशालाको पुनर्निर्माणका लागि पटक पटक आवाजपनि उठाउँदै आएका थिए।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो। २०४२ सालमा निर्माण भएको नारायणी रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए। यो रंगशलामा करिब डेढ दशक अघिसम्म राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको थियो। तर मर्मत सम्भारको अभावमा रंगशाला जीर्ण हुँदै गएपछि यहाँ कुनै पनि खेलकुद प्रतियोगिता हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम