मुख्य समाचार
वीरगन्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माणको काम सुरु
वीरगन्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माणको काम सुरु

: वीरगन्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माणको काम सुरु भएको छ। जेनजी आन्दोलन अघिको कांग्रेस–एमाले गठबन्धनको सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यहि बजेट हाल निकासा भइ आएको र बिहीबारदेखि रंगशाला पुनर्निर्माणको काम सुरु गरिएको पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले जानकारी दिए।


साहका अनुसार बिहीबारदेखि रंगशलाका जीर्ण प्याराफिटहरु डोजर लगाएर भत्काउन थालिएको छ। पहिलो चरणमा जीर्ण प्याराफिटहरु भत्काएर नयाँ प्याराफिट निर्माण गर्ने योजना रहेको साहले सुनाए। उनले भने,‘कांग्रेसका तत्कालिन कानुनमन्त्री अजय चौरसियाको अगैसरतमा तत्कालिन खेलकुदममन्त्री तेजुलाल चौधरीले बजेटमा नारायणी रंगशालाका लागि ४ करोड रुपैयाँ बजेट हाल्न लगाउनु भएको थियो। त्यो बजेट हाल निकासा भएर आएपछि आजदेख काम सुरु गरेका हौं। मर्मत सम्भारको अभावमा वर्षौदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशाला मर्मत तथा पुनर्निर्माणका लागि चार करोड रुपैयाँले मात्रै नपुग्ने भन्दै साहले भने,‘अहिले प्राप्त रकमबाट नयाँ प्याराफिट बनाउने काम गर्छौ, ‘बाँकी कामका लागि अपुग रकम सरकारसँग माग गर्छौ। ’


प्याराफिटको काम सकिएपछि थप बजेटका लागि नेपाल सरकार र युवा तथा खेलकुद मन्त्रालयलाई फेरि गुहार्ने उनले बताए। यसका अतिरिक्त मधेस प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने उल्लेख गरेकाले मधेस सरकारसँग पनि आफूहरूले थप बजेटका लागि पहल गर्ने उनले बताए।



काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठूलो वीरगन्जको नारायणी रंगशाला (३५ हजार दर्शक क्षमताको ) जीर्ण भइरहँदा पनि मर्मत र पुनर्निर्माणका लागि तीनै तहका सरकारले प्राथमिकतामा राखेका थिएनन्। यहाँका खेलप्रेमी र खेलाडीहरुले रंगशाला मर्मत तथा पुर्न निर्माणका लागि करिब एक दशकदेखि विभिन्न दबाबमुलक आन्दोलन पनि गर्दै आएका थिए। संघीय र प्रदेश संसद बैठकमा यस क्षेत्रका जनप्रतिनिधिले नारायणी रंगशालाको पुनर्निर्माणका लागि पटक पटक आवाजपनि उठाउँदै आएका थिए।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो। २०४२ सालमा निर्माण भएको नारायणी रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए। यो रंगशलामा करिब डेढ दशक अघिसम्म राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको थियो। तर मर्मत सम्भारको अभावमा रंगशाला जीर्ण हुँदै गएपछि यहाँ कुनै पनि खेलकुद प्रतियोगिता हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...