मुख्य समाचार
सुनसरीको धरानमा रगतको अभाव
सुनसरीको धरानमा रगतको अभाव

: सुनसरीको धरानमा रगतको अभाव भएको छ। निर्वाचनका कारण केही समयदेखि रक्तदान कार्यक्रम कम हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगतको अभाव भएको छ।


नेपाल रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान परिसरभित्र सञ्चालन गरेको ब्लड बैंकमा विभिन्न ब्लड ग्रुपको रगत अभाव भएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिए। उनले बी पोजेटिभ, एबी पोजेटिभ, ओ नेगेटिभ र बी नेगेटिभ लगायतका ब्लड ग्रुपको रगत अभाव भएको बताए । हाल ब्लड बैंकमा ए र ओ समूहको रगत मात्र सीमित मात्रामा उपलब्ध रहेको उनले बताए।


रगत अभावका कारण प्रतिष्ठानमा उपचार गराइरहेका बिरामीहरूलाई समस्या भइरहेको चिकित्सकहरूले बताएका छन्। विशेषगरी गर्भवती महिलाको शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीहरूको आकस्मिक शल्यक्रिया उपचारमा समस्या भएको छ।



प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डाक्टर रोहित रिजालका अनुसार रगत अभावका कारण गर्भवती महिलालाई सुत्केरी गराउने प्रक्रियामा समेत समस्या देखिएको छ। शल्यक्रियाका लागि आवश्यक रगत उपलब्ध नहुँदा उपचार व्यवस्थापन गर्न चुनौती भइरहेको उनको भनाई छ ।

धरानमा देखिएको रगत अभावको समस्या समाधान गर्न नेपाल रेडक्रस सोसाइटी सुनसरीले विभिन्न सामाजिक संघ–संस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान गरेको छ। रेडक्रसले नागरिकलाई बीओएए प्रतिष्ठानको ब्कड बैंकमा आएर स्वेच्छिक रक्तदान गरि बिरामीको जीवन बचाउन सहयोग गर्न अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम