मुख्य समाचार
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा गुल्लीएल्मो एरेना नियुक्त
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा गुल्लीएल्मो एरेना नियुक्त

: नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा गुल्लीएल्मो एरेना नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) र उनीबीच बिहिबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्झौता हस्ताक्षर भएको हो। एरेना र एन्फाबीच एक वर्षको सम्झौता भएको छ।


इटाली र स्विट्जरल्यान्ड दुई देशको नागरिकता प्राप्त ५२ वर्षीय एरेनाले अन्तिमपटक मोरक्कोको क्लब एमएएस फेश सम्हालेका थिए।


उनले यसअघि लाओसको यू२३ टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालि सकेका छन्। यस बाहेक उनले जाम्बिया र मोरक्को लगायत विभिन्न देशको लिगमा काम गरेको अनुभव छ। नेपाली पुरुष टिमका अस्ट्रेलियन प्रशिक्षक म्याट रसले गत कात्तिकमा राजीनामा दिएपछि खाली रहेको राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी अब एरेनाले सम्हाल्ने भएका छन्।



प्रो लाइसेन्स प्राप्त प्रशिक्षक एरिनाले नेपाल र हङकङ बीचको मैत्रीपूर्ण खेलबाट नेपाली राष्ट्रिय टिमसँग डेब्यु गर्नेछन्। यो खेल चैत १२ गते दशरथ रंगशालामा हुनेछ। यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेल लाओस विरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...