: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाइ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय खानीखोलाले आफ्नो मातहत तालिम लिएका नेपाल प्रहरीतर्फ २ हजार २५ जना र सशस्त्र प्रहरीतर्फ ७९ जना गरी कुल २ हजार १०४ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानसहित बिदाइ गरेका हुन्।
निर्वाचनका क्रममा देशभर खटाइएका निर्वाचन प्रहरीलाई एकै दिन बिदाइ गर्ने निर्देशनअनुसार धादिङमा पनि तालिम लिएका प्रहरीलाई औपचारिक रूपमा बिदाइ गरिएको हो।
बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले निर्वाचन प्रहरीलाई टीका–अबिर लगाएर प्रमाणपत्र प्रदान गरेका थिए।