मुख्य समाचार
राष्ट्रिय लिग २० ८२: चर्च ब्वाइज, संकटा र एपिएफ विजयी
राष्ट्रिय लिग २० ८२: चर्च ब्वाइज, संकटा र एपिएफ विजयी

: एन्फा राष्ट्रिय लिग २० ८२ अन्तर्गत आज भएका तीन खेलमा चर्च ब्वाइज युनाइटेड, संकटा क्लब र एपीएफ क्लबले जित दर्ता गरेका छन्।


पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले काँक्रेविहारलाई हराएको थियो। दोस्रो खेलमा संकटा क्लबले श्री भगवती क्लबमाथि जित निकाल्यो। तेस्रो खेल विभागीय डर्बीको थियो। जसमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि जित दर्ता गरेको हो।


सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले काँक्रेविहार क्लबलाई २-१ ले पराजित गरेको हो। पहिलो हाफमा २-० को अग्रता लिएको चर्च ब्वाइज युनाइटेडले दोस्रो हाफमा एक गोल बेहोर्यो।



खेलको सातौँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै चर्च ब्वाइज युनाइटेडलाई १-० को अग्रता दिलाए। ३९ औं मिनेटमा रिचार्डले व्यक्तिगत र टिमका लागि पनि दोस्रो गोल गरे। दोस्रो हाफमा काँक्रेबिहार क्लबका लागि सुदेन विक्रम विश्वकर्माले खेलको ६६ औँ मिनेटमा सान्त्वना गोल फर्काए।

आजको दोस्रो खेल दशरथ रंगशालामा भएको थियो। जसमा संकटा क्लबले श्री भगवती क्लबमाथि कठिन जित दर्ता गर्यो। संकटा क्लबले श्री भगवतीलाई १-० ले पराजित गरेको हो। पहिलो हाफ गोल रहित बराबर बराबरीमा सकिँदा दोस्रो हाफको ६९ औं मिनेटमा संकटा क्लबका लागि कृष्णबहादुर आलेले निर्णायक गोल गरे।

आजको तेस्रो खेलमा विभागीय डर्बी भिडेका थिए। एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब बीच भएको खेलमा एपीएफले आर्मीमाथि १-० को जित निकालेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो खेलको पहिलो हाफ गोल रहित बराबरी भएको थियो।

दोस्रो हाफको ७५ औँ मिनेटमा एपीएफका सबिन गुरुङले गोल गरे। यही गोल नै निर्णायक गोल बन्यो। यो जितसँगै एपीएफले लिगमा १० खेल सहित २४ अंक जोडेको छ। मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भने २२ अंकसहित एपीएफलाई पछाइरहेका छन्। आर्मीलाई हराएसँगै एपीएफ पुनः शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम