मुख्य समाचार
ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत
ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी टोलीलाई पनि स्वागत गर्ने बताएका हुन्।


फेब्रुअरी २८ मा अमेरिका-इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने यस वर्षको पुरुष फुटबल विश्वकपमा इरानको सहभागिता अनिश्चित हुने चर्चा चलिरहेको छ। तर, प्रतियोगिताको तयारीबारे भएको बैठकमा इरानको अवस्थाबारे पनि छलफल भएको फिफा अध्यक्ष इन्फान्टिनोले बताए।


इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै बैठकका क्रममा ट्रम्पले इरानी टोलीलाई अमेरिकामा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न स्वागत गरिएको कुरा दोहोर्‍याएको उल्लेख गरे। डिसेम्बरमा फिफाले स्थापना गरेको ‘फिफा शान्ति पुरस्कार’ ट्रम्पलाई प्रदान गरेका इन्फान्टिनोले यस टिप्पणीमार्फत पहिलो पटक मध्यपूर्वमा भइरहेको युद्धको सन्दर्भमा विश्वकपमा इरानको सहभागिताबारे सार्वजनिक रूपमा चर्चा गरेको हो।



यद्यपि ट्रम्पको पछिल्लो टिप्पणी गत हप्ता पोलिटिकोसँग गरेको अभिव्यक्तिसँग भने फरक देखिएको छ। पोलिटिकोलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरान विश्वकपमा खेल्छ कि खेल्दैन भन्ने विषय आफूलाई खासै महत्त्वपूर्ण नभएको बताएका थिए।

ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि इन्फान्टिनो र उहाँबीचको सम्बन्ध अझ नजिक भएको बताइन्छ । इन्फान्टिनो ट्रम्पको उद्घाटन समारोहमा समेत सहभागी हुनुभएको थियो ।

यसैबीच इरानको फुटबल महासङ्घले भने आफ्नो राष्ट्रिय टोलीको विश्वकप सहभागिताबारे शङ्का व्यक्त गरेको छ । इरानका फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले मङ्गलबार राज्य टेलिभिजनसँग कुरा गर्दै वर्तमान परिस्थितिमा टोलीलाई प्रतियोगितामा पठाउने विषय कठिन हुन सक्ने सङ्केत दिनुभयो ।

उहाँले प्रश्न उठाउँदै भन्नुभयो, “यदि विश्वकपको अवस्था यस्तो नै रह्यो भने सही सोच भएको कसैले आफ्नो राष्ट्रिय टोलीलाई त्यहाँ कसरी पठाउन सक्छ ?”

विश्वकप प्रतियोगिता तीन देशमा आयोजना हुने भए पनि इरानले समूह चरणका सबै तीन खेल संयुक्त राज्य अमेरिकामै खेल्ने तालिका छ । तीमध्ये दुई खेल लस एन्जलसमा र एउटा सियाटलमा हुने तय गरिएको छ ।

यदि इरानले प्रतियोगिताबाट नाम फिर्ता लिएमा सन् १९५० मा ब्राजिलमा भएको विश्वकप फाइनलबाट फ्रान्स र भारतले नाम फिर्ता लिएपछि यस्तो घटना पहिलो पटक हुनेछ ।

यता अस्ट्रेलियामा जारी महिला एसियाली कपका क्रममा पनि इरानी टोलीसँग सम्बन्धित विवाद उत्पन्न भएको छ । मङ्गलबार प्रतियोगितामा सहभागी इरानी महिला फुटबल टोलीका केही खेलाडीहरूले शरण मागेका छन् ।

एक खेलअघि राष्ट्रिय गान नगाएको भन्दै राज्य टेलिभिजनबाट आलोचना भएपछि टोलीका केही सदस्यहरूले अस्ट्रेलियामा बस्ने प्रयास गरेका थिए । कप्तान जह्रा घनबारीसहित पाँच खेलाडी रातको समयमा टोली बसेको होटलबाट निस्केर अस्ट्रेलियाली अधिकारीहरूसमक्ष शरण माग्न पुगेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टोलीका कम्तीमा दुई सदस्यले भोलिपल्ट बसोबासका लागि आवेदन दिएका थिए । तर अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बुधबार तीमध्ये एक खेलाडीले पछि आफ्नो निर्णय परिवर्तन गरेको जानकारी दिनुभयो ।

बर्कले संसद्मा दिएको जानकारी अनुसार ती खेलाडीलाई टोलीका साथीहरूले कुरा गरेर आफ्नो निर्णय पुनः विचार गर्न आग्रह गरेका थिए । त्यसपछि उहाँलाई इरानी दूतावाससँग सम्पर्क गर्न पनि प्रोत्साहित गरिएको थियो ।

उहाँका अनुसार त्यसपछि इरानी दूतावासलाई खेलाडीहरू कहाँ छन् भन्ने स्थानको जानकारी पुगेको थियो । बाँकी खेलाडीहरूलाई भने सुरक्षा कारणले सुरक्षित घरबाट अर्को स्थानमा सारिएको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...