: बोक्सीको आरोप लगाएर महिलालाई अगुल्टो प्रहार गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-१ उप्टाहा बस्ने ५१ वर्षीय हुम कुमार झेडी मगर र उनकी छोरी २१ वर्षीय खगिसरा झेडी मगर रहेका छन्।
आमा छोरीले स्थानीय ५७ वर्षीय महिलालाई बोक्सीको आरोप लगाई आगोको अगुल्टोले शरीरको विभिन्न भागमा प्रहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।